मिलाएर गर्न निवासमै मन्त्रणा

‘सर्वोच्चमा मेरो विरुद्ध परेको मानहानी मुद्दा के हुन्छ यार ?’ एउटा शेरबहादुरको अर्का शेरबहादुरलाई प्रश्न । नेपाल बार अध्यक्ष शेरबहादुर केसीलाई अस्ति सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान यस्तो जिज्ञासा राख्दा महासचिव खम्बबहादुर खाति पनि सँगै थिए । ‘एक रूपैयाँमात्र दण्ड तिराए पनि राम्रो सन्देश जाँदैन सभापतिज्यू’, वकिलहरूले सुझाए ।

‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा अदालतले दिएको फैसलाउपरको असन्तुष्टि स्वरूप पार्टीबाटै निर्णय गराउनु हुन्थेन ।’ वकिलहरूले यस्तो सल्लाह दिनासाथ देउवाले भने, ‘बाफ रे, बाफ ! बर्बादै भएछ † अब के गर्ने त ? के गर्ने ?’ वकिलहरू केही सल्लाह दिन खोज्दै थिए, तर देउवा नै बोले, ‘लु–लु–लु, मिलाएर जवाफ लेख्नुप¥यो !’ वकिलहरूले भने, ‘वरिष्ठ अधिवक्ताहरूसँग सल्लाह गर्नुस्, मंगलबार अदालतले के भन्छ, अनि सल्लाह गरौँला †’ उनीहरूको कुरा सुनेपछि देउवाले भने, ‘कार्यकारी अधिकारप्राप्त सरकारले एकचोटि निर्णय गरेपछि गरिहाल्यो † पार्टी बैठकको प्रस्ताव साथीहरूले भाषा मिलाएर लेख्नुपर्ने तलमाथि भएछ ।’ 

पहिला एक रूपैयाँ मात्र अदालतले जरिवाना गर्दा पनि कतिपयको बृत्ति विकास रोकिएको नजिर छ । जस्तो कि, गृहसचिव श्रीकान्त रेग्मी । त्यसैकारण रेग्मीले मुख्यसचिव बन्न पाएनन् । देउवाले नै उनको बाटो छेकेर विमल कोइरालालाई मुख्यसचिव नियुक्त गरेका हुन् । त्यही तोडमा श्रीकान्तले गृहबाट सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा सरुवा मिलाए । त्यसपछिको लामो समय विदेश घुमेर बिताए । उतिबेला विमलका हकमा सलल बग्ने खोलोमा अहिले भूमरी परेजस्तो पछुतो छ, देउवालाई । 

उता, देउवाले पूर्वी मधेसको यात्रा टुंग्याएपछि उत्साह बढेको छ । उनको ठहर छ, चुनाव गर्न सकिनेछ । त्यसैले स्थानीय निर्वाचन ३१ बैशाखमै हुनुपर्ने उनको अडान ‘चट्टानी अडानमा’ परिणत भएको छ । उनको अर्जुनदृष्टि हो, जसरी पनि १ जेठमा प्रधानमन्त्री बन्ने ! तर, त्यसका लागि कुनै योजनाबद्ध तयारी छैन । न नीति छ न त रणनीति । 

केपी ओलीले सोमबार एमाले स्थायी कमिटी बैठकमा गरेको ब्रिफिङअनुसार, आइजीपी नियुक्ति प्रकरणलाई चुनावमा जित–हारसँग जोड्ने काम सत्तारुढ दलका नेताबाट भइरहेको छ । आइजीपी नियुक्तिको पूर्वशर्त चुनाव जिताउने छ । माओवादी चुनाव गराएको जस लिनबाट पछाडि हट्ने पक्षमा छैन । मर्यादाक्रमको विवाद ठूलो मुद्दा नै होइन । पार्टी शक्ति र अनुभवका हिसाबले कृष्णबहादुर महरा पहिलो बरियतामा पर्नुपर्ने हो । केपी ओलीको पालामा टोपबहादुर रायमाझीलाई पाँचांै नम्बरमा उपप्रधानमन्त्री बनाइएकै हो । तर, यहाँ जुँगाको लडाई शुरु भएको छ । सारा विधि–विधानलाई थाती राखेर प्रधानमन्त्रीको दायाँपट्टि को बस्ने भन्ने नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाइएको छ ।

टिप्पणीहरू