महामारीमा स्वास्थ्य मापदण्ड उल्लंघनको गतिलो उदाहरण

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्तिलाई प्रवेश रोक लगाइएको सूचना सहित निषेधाज्ञा थप गरिएको सूचना मंगलबार जारी गरेका छन् ।
सार्वजनिक यातायातमध्ये बसको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भन्दै सार्वजनिक सवारी सञ्चालनको लागि विभिन्न स्वास्थ्य मापदण्डहरू समेत तोकेको छ ।
सवारी चालक र सहचालकलाई अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले कडा निर्देशन दिइएको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र दैनिक सवारी साधनालाई समेत स्यानिटाइज अर्थात् निर्मलीकरण गर्नेुपर्ने भनिएको छ ।
तर, राजधानीका अधिकांश सार्वजनिक सवारी साधन चालकको अनुहारमा मास्क देखिँदैन । भएपनि चिउँडोभन्दा माथि जाने गरेको छैन । त्यसैगरी सहचालकको हातमा पैसा बाहेक अरु केही पनि देखिँदैन, जबकि प्रशासनले पञ्जा अनिवार्य भनेको छ ।
सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजर धेरै टाढाको विषय भएको छ । महामारी पुनः बढ्दो क्रममा देखिन थालेको छ । जिल्ला प्रशासन कार्यालयले स्वीकृत सिटभन्दा बढी यात्रु राख्न नपाइने भने पनि यात्रुले उभिएर यात्रा गरेको देख्न पाइन्छ । त्यसमा ट्रफिक प्रहरीको अनुगमन पनि निकै फितलो रहेको भन्दै यात्रुहरुले गुनासो गरेका छन्
टिप्पणीहरू