शिक्षक महासंघले बालुवाटारमा पलेटी कस्ने

शिक्षक महासंघले बालुवाटारमा पलेटी कस्ने

नेपाल शिक्षक महासंघको जिल्ला/प्रदेश आन्दोलन परिचालन समितिले आफना मागहरु पूरा नभएकाले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने जनाएको छ ।

आफूले राखेका ३४ सूत्रीय माग पूरा गर्न तथा गुणस्तरीय शिक्षाको लागि मुलुकको बजेटमा २० प्रतिशत रकम छुट्याउनुपर्ने माग राख्दै यसअघि संघले नियमित धर्ना दिँदै आएको थियो ।

बालुवाटार घेराउ गर्ने कार्यक्रमलाई सशक्त बनाउन महासंघले वाग्मती प्रदेशमा आवद्ध संघ संस्था, आन्दोलन परिचालन समितिका शिक्षक, महासंघका जिल्ला अध्यक्षलगायत सबै पदाधिकारीहरुसँग सोमबार साँझ नै बैठक बसेर आवश्यक निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू