कीर्तिपुरमा विद्यार्थीहरुको प्रदर्शन, विद्यार्थी मार्न पाईंदैन भन्दै नाराबाजी

कीर्तिपुरमा विद्यार्थीहरुको प्रदर्शन, विद्यार्थी मार्न पाईंदैन भन्दै नाराबाजी

त्रिभुवन विश्वविद्यालय विज्ञान प्रविधि तथा अध्ययन संस्थान अन्तरगतको स्नातक तह विज्ञान तथा सूचाना प्रविधि बीएससी सीएसआईटी छैठौं सेमेस्टरको परीक्षा कोभिड १९ का कारण भौतिक उपस्थितिमा सम्भव नभएकाले वैकल्पिक उपायको माग गर्दै त्रिभुवन विश्वविद्यालय हातामा प्रदर्शन गरेका छन् ।

साउन ३१ गतेदेखि हुन लागेको परीक्षा सार्नुपर्ने वा अनलाइन प्रणालीबाट गर्नुपर्ने माग राख्दै बिएस्सी, सिएसआइटी अध्ययनरत छैठौं सेमेस्टरका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको हाताभित्र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारिले कुरा नसुनेको भन्दै सांकेतिक डमिमा प्रधानमन्त्री देख्न र बोल्न सक्नुहुन्न, शिक्षामन्त्री हुनुहुन्न, त्रिवि पदाधिकारी बोल्नुहुन्न, डिन देख्नुहुन्छ तर हात बाँधिएको संकेत गर्दै मुखमा कालोपट्टी बाँधेर र प्लेकार्ड बोकेर डिनको कार्यालयमा पसेका थिए ।

प्रदर्शनसँगै उनीहरुले प्रहरी दमन मुर्दावाद, नालायक डिन मुर्दावाद, भौतिक परीक्षा हुँदैन, अनलाइन परीक्षा सञ्चालन गर, विद्यार्थी मार्न पाईंदैन भन्ने नाराहरु समेत लगाएका थिए ।

त्यसपछि उनीहरुले डिनको कार्यकक्षमा तालाबन्दी गर्दै माग पूरा नभएसम्म दैनिक उपस्थित भएर प्रदर्शन गर्ने चेतावनी दिँदै फर्किएको विश्वविद्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू