लुम्बिनीका मुख्य न्यायाधिवक्ताले पनि दिए राजीनामा

लुम्बिनीका मुख्य न्यायाधिवक्ताले पनि दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलले राजीनामा दिएको केही घण्टापछि त्यहाँका मुख्य न्यायाधिवक्ताले पनि पदबाट राजीनाम दिएका छन् । मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आजैदेखि लागू हुनेगरी प्रदेश प्रमुख समक्ष राजीनामा दिएको बताइएको छ ।

प्रदेश पमुखकको कार्यालयले दिएको जानकारीअनुसार डिसीले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम मुख्यमन्त्री शंकर पोखरेल मार्फत् राजीनामा दिनुभएको हो ।

टिप्पणीहरू