न्यूरोड गेट नजिकै दिनहुँ नाराबाजी

न्यूरोड गेट नजिकै दिनहुँ नाराबाजी

नेपाल वायुसेवा निगमको मुख्य गेटमा झण्डै डेढ महिनादेखि दिनहुँ धर्ना र बिरोध प्रदर्शन भइरहेको छ । निगम निजीकरणको विरोधमा भएको उक्त कार्यक्रमा त्यहाँ कार्यरत सबै कर्मचारी संघ संगठनले भाग लिएका छन् ।

निजीकरणको विरोध सम्बन्धी मुख्य माग राखेर आन्दोलनमा उत्रेको संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज ३६ औँ दिनसम्म पनि प्लेकार्ड बोकेर दैनिक दुई घण्टा धर्ना तथा विरोध कार्यक्रम गरेको हो ।

उनीहरुले नालायक महाप्रबन्धक राजीनामा दे, महाप्रबन्धकको अस्वाभाविक तलब बृद्वि खारेज गर, सञ्चालक समितिमा निगमको व्यावसायिक स्वार्थ बाझिने एजेन्टहरूको नियुक्ती खारेज गरलगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर बिरोध गरेका हुन् ।

आज पनि वायुसेवा निगम कर्मचारी युनियनका संयोजक सुवास डाँगीको नेतृत्वमा कर्मचारीहरुले भ्रष्ट एमडी राजीनामा दे, सबै कर्मचारी एक हौं, कर्मचारी एकता जिन्दावाद, सार्वजनिक संस्थानमाथिको दलाली बन्द गर, सार्वजनिक सम्पति बेच्न पाईँदैन, हाम्रो आन्दोलन जारी छ, डिमे चोर निगम छोड, निगम बेच्न पाईँदैन, डिमे हामीलाई चाहिँदैन, नालायक एमडी राजीनामा दे, हवाई माफिया मुर्दावाद, निगम निजीकरण बन्द गर भन्दै चर्का नारा लगाएका थिए ।

टिप्पणीहरू