साझा प्रकाशनको महाप्रबन्धक पदमा प्रह्लाद पोखरेल

साझा प्रकाशनको महाप्रबन्धक पदमा प्रह्लाद पोखरेल

नेपालको प्रतिष्ठित प्रकाशन सस्था साझा प्रकाशनको महाप्रबन्धकमा प्रह्लाद पोखरेललाइ नियुक्त भएका छन ।

उनलाइ साझा प्रकाशन सञ्चालक समितिको २०७८ साउन २६ को बैठकको निर्णयअनुसार नियुक्त गरिएको हो । पोखरेल पूर्व प्रशासक, कवि तथा साहित्यकारको छवि बनाएका छन ।

नेपालको प्रशासनिक क्षेत्रको लामो अनुभव हासिल गर्नुभएका पोखरेलका दर्जनौँ कृति प्रकाशित छन् । त्यसैगरी उनले धेरै साहित्यिक ग्रन्थ सम्पादन गर्नुभएको छ । नेपाली साहित्यमा छुट्टै पहिचान बनाएका पोखरेलको नेतृत्वले सकटबाट गुज्रिरहेको संस्थालाइ उभार्न महत्वपूर्ण भूमिका खेल्ने आसा लिइएको छ ।

पोखरेल खोटाङ, रावाबेँसी गाउँपालिका–१, कुभिन्डेमा स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आउनु भएको छ । विगत केही वर्षदेखि संस्था आर्थिक अप्ठ्यारोमा गुज्रिरहेको छ ।

टिप्पणीहरू