दुबई जान हिँडेका यात्रु विमानस्थलबाट सोझै माइतीघरमा

संयुक्त अरब इमिरेट्स (युएई) सरकारको पछिल्लो अध्यागमन नीतिका कारण सोमबारदेखि काठमाडौंबाट उड्न नपाएका यात्रुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

युएई सरकारले सोमबारदेखि विदेशबाट आउने सबैले विमानबाट उड्नु चार घण्टाअघि गरिएको र्यापिड पिसिआर परीक्षणको रिपोर्ट ल्याउनुपर्ने नियम तोकेपछि काठमाडौंबाट दुबई उड्न ठिक्क परेका धेरै जना नेपाली अलपत्र परेका हुन् ।

विमानस्थलबाट फर्कनुपरेपछि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गरेका हुन् । तत्काल विमानस्थलमा र्यापिड पिसिआर परीक्षणको व्यवस्था गर्न माग गर्दै उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

टिप्पणीहरू