दलालहरुको दौडादौड

राजधानीका नदी उकासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न दलालहरुको दौडादौड शुरु भएको छ । विष्णुमति, बागमति, धोविखोला छेउछाउका झण्डै सय रोपनी जग्गा कहिले सर्वोच्चको आदेश त कहिले पुर्जाका नाममा दर्ता गर्ने खेलो शुरु भएको हो । 

०२१ सालको नापीमा पहिला नदी हिँडेको, तर पछि खोला अन्तै बग्न थालेपछि उक्सिएको जग्गा आफ्नो नाममा पार्न खोजिएको बताइन्छ । त्यसो त कतिपयसँग त्यस्ता जग्गाको लालपुर्जा पनि छ र त्यहाँ बसोबास पनि हुने गरेको छ । कतिपयले ठाडै जग्गा दर्ता गरिदिनु र कतिपयले प्रमाण हेरेर मूल्याङ्कन गरिदिनुजस्ता आदेश अदालतबाट फुत्काएर ल्याएका छन् । जग्गाधनी कता छन् कता, थाहा छैन । तर, असिम राणा र रामेश्वर भट्टराई नामक बिचौलियाहरु भने दिनदिनै सिंहदरबारतिर देखिन्छन् ।

उता, पूर्वप्रहरी प्रमुख ओमविक्रम राणालेसमेत नगरकोटको ७५ रोपनी जग्गा भोगचलन गर्न पाऊँ भनी हारगुहार गर्दै रहेको स्रोतको दावी छ । त्यो जग्गा बनजंगल क्षेत्र हो । अनौठो त के भने, नेपाल सरकारको नाममा छ । तर, ओमविक्रमसँग पनि त्यसको पुर्जा देखिन्छ ।

टिप्पणीहरू