शंकर पोखरेलपछि गुरु भट्टराईकाे पनि आजै राजीनामा

शंकर पोखरेलपछि गुरु भट्टराईकाे पनि आजै राजीनामा

जिम्मेवारी नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकको तर काम २४ घण्टा सामाजिक सञ्जालमा अन्य दलका नेताहरुको खोइरो खन्ने गुरु प्रसाद भट्टराईले पनि आज राजीनामा दिएका छन् ।

विशेषगरी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा नेता डा. बाबुराम भट्टराईको सत्तोसराप गर्दै सामाजिक सञ्जाल रंगाउँदै आएका भट्टराईलाई नयाँ सरकारले पदीय आचरण विपरितको कार्य किन गरेको भनेर अघिल्लो साता स्पष्टीकरण सोधेको थियो ।

सरकारले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्न लागेको सुईंको पाएपछि भट्टराईले आज राजीनामा दिएको बताइन्छ । उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा सरकारले राजनीतिक प्रतिशोधबाट आफूलाई स्पष्टीकरण सोधेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ती सरकारले नियुक्त गरेका सबै नियुक्तीहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप बर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न विभिन्न आरोप लगाइ स्पष्टीकरणको नाटक मञ्चन गरियो ।’

टिप्पणीहरू