जताततै आन्दोलन, हिमालयन कलेजमा रिले अनशन

जताततै आन्दोलन, हिमालयन कलेजमा रिले अनशन

विगत केही दिनदेखि जताततै विद्यार्थी संगठनहरुले धर्ना, जुलुश र आन्दोलन गर्न थालेका छन् । सोही क्रममा ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा पनि विद्यार्थीहरुले माग पूरा गराउन रिले अनशन सुरु गरेका छन् ।

अनलाइन कक्षा सञ्चालन भएको दुई सेमेष्टर सकिँदा पनि अनलाइन शुल्क संरचना प्रकाशन नगरेपछि विधार्थीहरुले कलेज प्रशासनमाथि आरोप लगाउँदै विरोध गरेका हुन् ।

उनीहरुले अनलाइन शुल्कलाई पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने, अन्य शुल्क मिनाहा गर्नुपर्ने भन्दै रिले अनशन जारी राखेका छन् । आजको अनशनमा एलिस खड्का, आशिष जैसीलगायतको उपस्थिति रहेको छ ।

टिप्पणीहरू