आज पनि टेलिकमका कर्मचारीले भुईंमा पलेटी कसे

आज पनि टेलिकमका कर्मचारीले भुईंमा पलेटी कसे

नयाँ विनियमावली जारी गरिएको बिरोधमा नेपाल टेलिकमका कर्मचारीले हप्तौंदेखि धर्ना दिँदै आएका छन् । भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा टेलिकमका विभिन्न कर्मचारी संघ संगठनले आज बिहान पनि धर्ना दिएका हुन् ।

साउन १ गतेदेखि लागू गरिएको नयाँ विनियमावलीपछि खाइपाइ आएको सेवा सुविधामा कटौती भएकाले धर्ना दिएर बिरोध गर्दै आएको आयोजकहरुले बताएका छन् । उनीहरुले साउन ७ गतेबाट कार्यालयको प्रवेशद्वारमा बसेर धर्ना दिएका हुन् ।

नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष वीरेन्द्रलाल जोशीको नेतृत्वमा गरिएको आजको धर्ना कार्यक्रममा कर्मचारी संगठनका अध्यक्ष यादव पनेरु, टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशीलगायत झण्डै २ दर्जन कर्मचारीको उपस्थितिमा बिरोध कार्यक्रम भएको बताइएको छ ।

टिप्पणीहरू