विश्वविद्यालय र विद्यार्थीबीच जुहारी, उपकुलपतिको गाडीमा बञ्चरो हानिएको दाबी

विश्वविद्यालय र विद्यार्थीबीच जुहारी, उपकुलपतिको गाडीमा बञ्चरो हानिएको दाबी

सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो औपचारिक कार्यक्रम र उपकुलपतिको निवासमा पार्किङमा रहेको सवारी साधनमाथि आक्रमण गर्ने समूहलाई तत्काल कारबाहीको माग गरेको छ ।

उता क्रान्तिकारी विद्यार्थी युनियनले उपकुलपतिको बर्खास्तगीको माग गरेकोे छ । उपकुलपति डा.नन्दबहादुर सिंहको ठाडो निर्देशनमा गरिएको क्रुर र बर्बर दमनको घोर निन्दा र भत्र्सना गर्दै क्रान्तिकारीले उक्त माग राखेको हो ।

आफ्ना माग पूरा गराउन भएको आन्दोलनमा विद्यार्थी संगठनका नेताहरुमाथि गरिएको दमनबाट चार जना नेता तथा कार्यकर्ता घाइते भएको क्रान्तिकारीको भनाई छ ।

उसले प्रशासनको आदेशमा भएको दमनमा अखिल क्रान्तिकारीका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक टोपेन्द्र पौडेल, स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत विद्यार्थी नेताहरु घाइते भएको आरोप लगाएको छ ।

विश्वविद्यालय प्रशासनले भने आफ्नो औपचारिक कार्यक्रमस्थलमा ढुंगा प्रहार गरेर बिथोलेको, उपकुलपतिको निवासमा पार्किङमा राखेको गाडीमा ढुंगा र बञ्चरो प्रहारबाट तोडफोड गरिएको बताएको छ ।

टिप्पणीहरू