पिलाउनै पर्ने प्रचलन

चलन पनि कस्तो ! भारतीय सेनासप्रमुख समकक्षीको निम्तोमा नेपाल आउँदा राष्ट्रपतिले मानार्थ सेनापतिको उपाधि दिने ! बर्दीसहित तरबार पनि हस्तान्तरण गर्ने ! अनि, त्यही बेला खुशीयाली प्रकट गर्दै उपाधि पाउनेले हात पछाडिबाट दुई पेग रक्सी दिएर बाजा बजाउन लगाउने !

समारोह चलिरहेको छ । सेनाको ब्याण्ड टोलीले मंगलधुन बजाउँछ । टोलीका दुईजना अगाडि बढ्ने, पाहुनाका अगाडि एउटा घुँडा टेक्ने र तिनलाई हात पछाडिबाट लगेर दुई पेग रक्सी पाहुनाले दिने । पानी, सोडा, आइस केही नहालेको रक्सी तन्तनी पिएर फेरि बाजा बजाउन थाल्ने । भारतीय चारतारे जर्नेल विपिन रावत गत साता काठमाडौं आउँदा शीतल निवासमा यस्तै भयो ।

विश्वभरको सैन्य सेवा बरियताका मामिलामा जतिसुकै कडा मानिए पनि भारतमा कहिलेकाँही मर्यादाक्रम यताउता हुने कुराका साक्षी पनि हुन्, रावत । उनी वरियताक्रममा तेस्रो नम्बरका हुन् । मोदी सरकारले उनलाई सैनिक प्रमुख बनाएको हो । आजादीपछिको भारतीय इतिहासमा यस्तो काम तेस्रोपटक भएको छ । 

शीतल निवासमा गत साता भएको यस्तो दृष्य विदेशतिर हाम्रा प्रधान सेनापतिहरु जाँदा पनि देखिन्छ । विशेषतः बेलायत र भारत जाँदा यस्तो हुने गरेको छ । यसलाई ‘पाइपर’ बजाउने भनिन्छ । बेलायती राज्य स्कटल्याण्डको मौलिक धुन हो जो सैनिक परम्परासँग जोडिँदै आएको छ । 

टिप्पणीहरू