पाल्पामा पनि चितुवाको छाला बोकेर हिँड्ने भेटिए

पाल्पामा पनि चितुवाको छाला बोकेर हिँड्ने भेटिए

पाल्पामा चितुवाको छाला बिक्री गर्न हिँडेका दुई जना प्रहरीको फन्दामा परेका छन् । मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त छाला सहित मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका ७ बस्ने ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित उनीहरु समातिएका हन् ।

उनीहरुलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

टिप्पणीहरू