आदिवासी जनजातिको अन्तरक्रियामा नेताहरुका आफ्नै कुरा

आदिवासी जनजातिको अन्तरक्रियामा नेताहरुका आफ्नै कुरा

नेपाल आदिवासी जनजाती महासंघको अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरुले आफ्नै तर्क पेश गरेका छन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले आदिवासी जनजातीको पहुँच सबै क्षेत्रमा विस्तार हुँदै गएको बताउनुभएको छ ।

उहाँले आदीवासी तथा जनजातीको पहुँच बिस्तार हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष र समानुपातिक समावेशिताका कारणले उपस्थिति हुने अवसर पनि आदिवासी र जनजातीले पाएका छन्, कमसेकम बोल्ने ठाउँमा, नीति निर्माण तहमा बिस्तारै पहुँच पुगेको छ, तर पर्याप्त छैन, आदीवासी जनजातीको कोणबाट हेर्दा पुगेको देखिँदैन, प्रतिपक्षबाट हेर्दा धेरै भएको जस्तो देखिन्छ ।’

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोककुमार राईले संविधानभित्रका कतिपय कुराहरु उपलब्धिपूर्ण रहेको बताउँदै जनताले ७० वर्षस्म्म लडेर ल्याएको कुरालाई थप संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाली काँग्रेसकी नेतृ सीता गुरुङले हरेक राजनीतिक दलले राज्यको समस्याका रुपमा आदीवासी जनजातीका समस्यालाई नलिएसम्म समस्याको हल नहुने बताउनुभयो । उहाँले राजनीतिक दलहरुले नै राज्यको एजेण्डा बनाएर नलगेसम्म आदीवासी जनजातीले समान अधिकार, प्रतिनिधित्व र पहिचान नपाउने बताउनुभयो ।

टिप्पणीहरू