​कता हराए लोकमानसिंह कार्की ?

अख्तियार लथालिंग छ, नेतृत्वविहीन छ । न दलहरुलाई नयाँ नियुक्ति गर्ने हतारो छ, न त त्यहीँ रहेकालाई कन्फर्म गर्ने सहमति छ । 
यस्तो अवस्थामा दुई महिनाअघि दिल्ली, अमेरिका हुँदै क्यानाडा पुगेका लोकमानसिंह कार्की जेठी छोरी आध्याले बच्चा पाउने दिन नजिकिएसँगै अमेरिकाको एटलान्टा शहर पुगेका छन् ।

सुत्केरी छोरीको स्याहार–सुसारमा डेढ महिना बिताएर उताउतै पुनः क्यानाडा जाने कार्यक्रम छ । नेपालको तनाव भगाउन कार्कीदम्पत्ति थप दुई महिना क्यानाडातिरै अल्मलिने योजनामा रहेको बताइन्छ । कान्छी छोरी र ज्वाइँ यतै छन् । छोरा र जेठो ज्वाइँ काठमाडौं फर्किएका छन् । बच्चा पाउने बेला हुनासाथ ठूलो ज्वाइँ अमेरिका जाने स्रोतले बतायो । 

यता अख्तियारमाचाहिँ प्रमुख आयुक्त तोक्न संवैधानिक परिषद्को बैठक बस्नुपर्ने, अहिलेसम्म बस्न सकेको छैन । व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासहितको सहभागिता हुने संवैधानिक परिषद् बसेर प्रमुख आयुक्त नियुक्तिमा मतैक्यता नहुने कारण त्यस्तो भएको बुझिन आएको छ । अख्तियारमा प्रमुख आयुक्तसहित पाँच जनामात्र रहने प्रावधान छ । अहिले ठ्याक्कै त्यो संख्या पूर्ति भएकै अवस्था छ । दलहरुका सामु ०७४ फागुनमा दीप बस्न्यात घर नजाँदासम्म अहिलेकै अवस्था कायम राख्ने या केही नयाँ व्यवस्था गर्ने बाध्यता छ ।

टिप्पणीहरू