अन्ततः शंकर पोखरेलको राजीनामा

अन्ततः शंकर पोखरेलको राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिनुभएको हो ।

यसअघि आजै बिहान बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा पोखरेलले दिउँसो १ बजेसम्म सर्वोच्च अदालतको पेशी कुर्ने बताउनुभएको थियो ।हिजोदेखि जसपाका मन्त्रीहरुले समेत राजीनामा दिएपछि पोखरेल स्पष्टसँग अल्पमतमा पर्नुभएको हो । आज दिउँसो बस्न लागेको प्रदेश सभाको बैठकमा आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने पक्का देखिएपछि पोखरेलले राजीनामा दिनुभएको हो ।

टिप्पणीहरू