कुटाकुटमा एकको मृत्यु, एक घाईते

कुटाकुटमा एकको मृत्यु, एक घाईते

एकापसमा भएको कुटपिटमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यलय ओखलढुङगाले जनाए अनुसार सिद्धिचरण नगरपालिका ५ चित्रेका ४२ वर्षीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।

सोही वडा बर्णालुका उनका झगडिया ६३ वर्षीय आङगुबु शेर्पा भने घाइते भएका छन । हिजो रात गाउँमा दुवैविच झगडा हुँदा कुटाकुटा भएको थियो । कुटाकुटमा घाइते भएका दुवै शेर्पालाइ उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा लगिएको थियो ।

उपचारकै क्रममा पासाङको मृत्यु भएको हो भने आङगुबुको उपचार भई रहेको छ । झगडा हुनु पर्ने प्रस्ट कारण खुलेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू