मुख्यमन्त्री पोखरेलले ४५ मिनेट कुर्ने

मुख्यमन्त्री पोखरेलले ४५ मिनेट कुर्ने

अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने सम्बन्धमा दिउँसो १ बजेसम्म कुर्ने बताउनुभएको छ । आज अपरान्ह १ बजेबाट लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।

केही बेरअघि सकिएको लुम्बिनी एमाले संसदीय दलको बैठकमा जुटेका नेताहरुले एमालेले सर्वोच्च अदालतको अन्तरिम आदेशको आसमा १ बजेसम्म कुर्ने भएको हो । १ बजेबाटै त्यहाँ प्रदेशसभा बैठक पनि शुरु हुँदैछ । मुख्यमन्त्री पोखरेलसँग राजीनामा दिने वा अविश्वासको प्रस्तावको सामना गर्ने दुई विकल्प मात्र छन् ।

प्रदेशसभा सदस्य लिला गिरीले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नमिल्ने दाबी गर्दै सर्वाेच्चमा दायर गरेको रिटको पेशी हिजो न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशमा पेशी चढेर हेर्न नभ्याइनेमा परेको थियो । सो रिटको पेशी आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा चढेको छ । उक्त रिट ८ नम्बरको इजलाशमा न्यायाधीश भट्टराईको एकल इजलासमा चढेको हो ।

आजै १ बजे विपक्षीले राखेको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने या अविश्वासको प्रस्ताव फेस गर्ने भन्ने निर्णय गरिसक्नुभएके छैन । केही बेर अघि सकिएको एमाले प्रदेश संसदीय दलको बैठकले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई सुम्पिएको छ ।

स्रोतले भनेको छ, ‘अदालतको पेशीको अवस्था हेरेर सम्भवतः १ बजेसम्ममा राजीनामा दिनुहुनेछ ।’ ८० सांसद रहेको प्रदेश सभामा सरकार बनाउनका लागि ४१ सांसदको आवश्यक्ता पर्दछ । त्यहाँ एमालेका ३८ सांसद छन् भने कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका ४२ सांसद पोखरेलको विपक्षमा छन् ।

टिप्पणीहरू