नेपाली प्रधानमन्त्रीसँग भेटेका चिनियाँ नेतालाई मृत्युदण्ड « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

नेपाली प्रधानमन्त्रीसँग भेटेका चिनियाँ नेतालाई मृत्युदण्ड

प्रकाशित मिति :  २७ श्रावण २०७८, बुधबार २०:००


चीनको सान्सी प्रान्तीय सत्तारुढ कम्युनिष्ट पार्टीका पूर्वसचिवलाई अदालतले घुस लिएको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । सचिव चाओ चङ्योङ् झण्डै १३ अरब १७ करोड रुपैयाँ बराबरको घुस प्रकरणमा मुछिएको आरोप पुष्टि भएसँगै यति ठूलो दण्ड सजायँ तोकिएको हो ।

१२ औं नेशनल पिपुल्स कँग्रेस (संसद्) को आन्तरिक तथा न्यायिक समितिका उपाध्यक्ष एवम् सान्सी (ऐतिहासिक सिल्क रुटको प्रस्थान विन्दु र टेराकोटा संग्रहालय रहेको सियान शहर) का प्रान्तीय कमिटी सचिव चाओले थिएन्चिन नगरपालिकास्थित नम्बर १ जनअदालत सामुन्ने आफ्नो अपराध स्वीकारेको बताइन्छ ।

प्राप्त समाचारअनुसार अदालतसमक्ष पुनरावेदन गरेमा मृत्युदण्डको सजायँ दुई वर्षसम्म निलम्बन हुनसक्ने छ । साथै जीवनभर राजनीतिक अधिकारबाट वञ्चित हुनेगरी निजी सम्पत्ति सबै जफत गरेर आजन्म कारावासको सजायँमा पनि परिणत हुन सक्छ । तर चाओले आफूले अदालतको निर्णय पालना गर्ने तर कहिँ कतै पुनरावेदन भने नगर्ने बताएका छन् ।

चाओले सन् २०१५ मा नेपाल भ्रमण गरेका थिए । उनलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिनुभएको थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त औपचारिक भेट नै भएको थियो । उनै चिनियाँ नेतालाई भ्रष्टाचारको आरोपमा जुलाई ३१ का दिन मृत्युदण्डको सजायँ सुनाइएको हो ।


प्रतिक्रिया दिनुहोस !