राजधानीमा आज सिंहदरबारदेखि सडकसम्म दर्जनौं कार्यक्रम

राजधानीमा आज सिंहदरबारदेखि सडकसम्म दर्जनौं कार्यक्रम

राजधानी काठमाडौंमा आज विभिन्न कार्यक्रम हुने भएको छ । त्यसमा कतिपय सरकारी बैठकदेखि बिरोधका कार्यक्रम समावेश छन् ।

आज नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको प्रमुख आतिथ्यमा २७ औ आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम रहेको छ । नेपाली काँग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरमा आज बिहान उक्त कार्यक्रम राखिएको हो ।

उता सुनौलो पाइला संस्था र रोज बायोमेडिकलको प्रायोजनमा कोभिड १९ मा अग्रपंक्तिमा खटिएका पत्रकारहरूलाई मास्क, स्याटिाइजर र ज्याकेट प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम भेनस कलेज, बेसिगाउँमा बिहान राखिएको हो ।

नेपाली काँग्रेस बारा र धनुषामा क्रियाशील सदस्यता वितरमा भएको धाँधलीविरुद्ध हुँदै आएको धर्ना कार्यक्रम आज पनि काँग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा बिहान ९ बजेदेखि जारी छ ।

नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन र एनटीइएएनले विनियमावली परिवर्तन गरेको विरोधमा धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कार्यक्रम नेपाल टेलिकमको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा बिहान १० बजेदेखि हुने बताइएको छ ।

उता नेपाल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा आयोजित धर्ना कार्यक्रमलाई आज पनि जारी राख्ने जनाएको छ । धर्ना निगमको कार्यालय न्यूरोड गेटमा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म हुनेछ

संसदको विकास तथा प्रविधि समितिको बोलाइएको छ । समितिको सभाकक्ष, सिंहदरबारमा बिहान ११ बजे बैठक बोलाइएको बताइएको छ ।

दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२, मालघाटमा भएको भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा काटेर जयसिंह धामीको महाकाली नदीमा बगेर बेपत्ता भएको घटनाको स्थलगत अध्ययन रिर्पोट वरिष्ठ अधिवक्ता एकराज भण्डारीले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम संवाद डबली, अनामनगरमा दिउँसो १२ बजे हुने जनाइएको छ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बोलाइएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले विभिन्न माग राखि बैंक तथा वित्तीय संस्थाहरूको मुख्य कार्यालयहरूमा ज्ञापनपत्र बुझाउँदैछ । समय नखुलाइएको तर महासंघले नेपाल राष्ट्र बैंक, बालुवाटारमा समेत ज्ञापनपत्र बुझाउने जनाएको छ ।

वन, विज्ञान अध्यायन संस्थान हेटौंडा क्यापसका अनेरास्ववियु क्रान्तिकारीलगायत विभिन्न विद्यार्थी संगठनहरूले कोभिड संक्रमित विद्यार्थी भौतिक रुपमा परीक्षामा सहभागी हुन नसक्ने भएकाले वैकल्पिकमाध्यमबाट परीक्षा लिनुपर्ने माग राखेका छन् । उनीहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित वन, विज्ञान अध्ययन संस्थान डिनको कार्यकक्ष र कार्यालयको मूलढोकामा हिजो दिउँसोदेखि गरेको तालाबन्दीलाई आज पनि जारी राख्ने भएका छन् ।

उता, क्याथफोर्ड कलेज ललितपुरमा अध्ययनरत विद्यार्थीहरूले राखेका विभिन्न माग क्याम्पस प्रशासनले पूरा नगरेपछि साउन २४ गतेदेखि लगाएको तालाबन्दी आज पनि जारी राखेका छन् ।

अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न माग राखि क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ५ गतेदेखि गरेको तालाबन्दीलाई आज जारी राखेका छन् ।

उता नेविसंघको पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले डिनको कार्यकक्षमा गत चैत ३१ गतेदेखि गरेको तालाबन्दी हालसम्म कायम राखेका छन् ।

टिप्पणीहरू