मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस नगर्ने,बैठक अगावै राजीनामा दिने « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस नगर्ने,बैठक अगावै राजीनामा दिने

प्रकाशित मिति :  २७ श्रावण २०७८, बुधबार ०९:००


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक अगावै राजीनामा दिने हुनुभएको छ । अहिले बिहान बुटवलमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ ।

बैठकमा सहभागी एक जना सांसदका अनुसार दिउँसोको प्रदेशसभा बैठक अगावै राजीनामा दिने मुडमा पोखरेल देखिनुभएको छ । ‘मुख्यमन्त्रीले विपक्षी दलहरुको अविश्वास प्रस्ताव फेस नगर्ने मनस्थिति बनाउनुभएको छ,’ उहाँले भन्नुभयो ।

यसैबीच पोखरेल सरकारमा सामेल जसपाका मन्त्री सन्तोषकुमार पाण्डेयले हिजो साँझ मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । आफ्नो पार्टी जसपाको संसदीय दलको निर्णयानुसार सरकार छाड्नुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । अरु दुई मन्त्रीको पनि केही बेरमा राजीनामा आउँदैछ ।

सरकार स्पष्टसँग अल्पमतमा परे पनि तत्कालीन प्रदेश प्रमुखको सहयोगमा प्राविधिक रुपमा सरकार सञ्चालन गर्दै आउनुभएका मुख्यमन्त्री पोखरेल पछिल्ला दिन थप संकटमा परेपछि अविश्वास प्रस्तावमाथिको छलफल र मतदान अगावै राजीनामा दिने मुडमा पुग्नुभएको बताइन्छ ।

लुम्बिनी र गण्डकी प्रदेश सरकार ढल्नुमा नेकपा विवाद कारक रहे पनि यसमा माधव नेपाल खेमाको प्रत्यक्ष भूमिका देखिन्न ।


प्रतिक्रिया दिनुहोस !