गुरुहरुलाई प्रतिस्पर्धा गराउने हो, करारमा नियुक्त गर्ने होइन : नेविसंघ

गुरुहरुलाई प्रतिस्पर्धा गराउने हो, करारमा नियुक्त गर्ने होइन : नेविसंघ

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकहरु खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने भन्दै करारमा नियुक्त नगर्न चेतावनी दिएको छ । संघले विश्वविद्यालयले एकपछि अर्को सहमति गरे पनि कार्यान्वयनमा उदासिनता देखाएको भन्दै असहमति व्यक्त गरेको हो ।

उसले भनेको छ, ‘निरन्तर रचनात्मक सहयोग गर्दै आए पनि त्रिभुवन विश्वविद्यालयले आन्दोलनरत विद्यार्थी संगठन, आंशिक प्राध्यापकलगायतका पक्षसँग एकपछि अर्को सहमति गर्ने तर त्यसको कार्यान्वयनमा उदासिनता देखाउने प्रवृत्तिप्रति हाम्रो गम्भीर असहमति छ ।’२०७४ मंसिर ८ गतेको क्याबिनेटले विश्वविद्यालयमा कार्यरत १४ सय २० जना आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने निर्णय गरेको तर अहिले २ हजार जना आंशिक प्राध्यापकहरुलाई स्वतः करार सेवामा नियुक्त गर्न लागिएको भन्दै संघले आपत्ति जनाएको हो । उसले भनेको छ, ‘कसैले आन्दोलन गरेकै भरमा दुई हजार अाँशिक प्राध्यापकहरु स्वतः करार सेवामा नियुक्त गर्ने कुरा किमार्थ स्वीकार्य हुँदैन ।’

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको प्रतिस्पर्धी युगमा खुल्ला प्रतिस्पर्धालाई रोकेर करार नियुक्ति थप्दै जानु शिक्षित युवाहरुमाथिको अपमान हो भन्ने ठहर गरेका छौं ।’

टिप्पणीहरू