कुलमानको “कम ब्याक” मा खुशियाली

कुलमानको “कम ब्याक” मा खुशियाली

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा फर्किएका कुलमान घिसिङ्गको पक्षमा हिजो साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । हाम्रो टिम नेपालको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकमा घिसिङलाई पुनः ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको उपलक्ष्यमा उक्त प्रस्ताव पारित गराउन दवावस्वरुप दीप प्रज्वलन गरिएको आयोजक पक्षले बताएको छ ।

दीप प्रज्वलन कार्यक्रममा हाम्रो टिम नेपाल (१०० ग्रुप) का संयोजक बब्लु गुप्तालगायतको उपस्थिति थियोे । माइतीघरमा कुलमान घिसिङ जिन्दावाद,उज्यालो नेपाल जिन्दावाद, कुलमान घिसिङ हाई हाई जस्ता नारा लगाइएको थियो ।

टिप्पणीहरू