​राति–राति यस्तो देखिन्छ राजधानीमा

कांग्रेस क्षेत्र नं. ४ मा जब गगन थापाका उम्मेदवार न्हुच्छेनारायण श्रेष्ठ राजु श्रेष्ठसँग ४ मतले पराजित भए तब गगन र राजुबीच पानी बाराबारको स्थिति आयो । गगनलाई क्षेत्रको कुनै कार्यक्रममा राजुले बोलाएनन् । यी दुईबीच दुस्मनीको फाइदा कांग्रेस कपनका पूर्वसभापति राजाराम बुढाथोकीले लिए । बुढाथोकीले भूकम्पताका गगनको मौखिक पिएका रूपमा काम गरेका थिए । भूकम्पताका गगनले त्रिपाल वितरण र विकास निर्माणको काम यिनैलाई लगाएका थिए । त्यही त्रिपाल दुरुपयोग गरेको भएर निकालि पनि दिए । राजारामले गगनको साथसाथै दाजु राजु थापा, स्वकीय सचिव शैलेश सिटौला र चालक सविन मुडभरीसँग पनि राम्रो सम्बन्ध बनाएका थिए । गगनले माग्दा आफ्नो गाडी धेरै ठाउँमा पु¥याएका थिए । 

क्षेत्र नं.४ को चुनावमा यिनले न्हुच्छेनारायाण श्रेष्ठ र जिल्लामा सबुज बानियाँलाई भोट हाले । यिनले ०४८ सालमा दुर्गन्धित व्यवहार गरेर जुत्ताको माला लगाइसकेका छन् । यिनलाई अस्तित्वमै नआएको क्लबको नाममा तत्कालीन कम्युनिस्ट पार्टी कृष्णराज बर्मा समूहका नेता श्यामप्रसाद कोइरालाले दिएको ५०००।– खर्च एक्लै खाएको भन्दै स्थानीयवासीले जुत्ताको माला लगाएर गाउँ घुमाएका थिए । यिनले पैंयाटार आकाशदेवी सहकारी संस्थाको पैसाबाट सालो राजकुमार खड्का (राम) को नाममा विभिन्न ठाउँमा जग्गा खरिद र शेयर हालेका छन् । अरूलाई १८ प्रतिशत ब्याज लाग्ने तर यिनले लेखा समिति, ऋण समिति र फस्र्योट समितिमा भाइ महेशलाई राखेको कारण ऋण लिएको देखिँदैन र झिकेको पनि देखाइँदैन । अरूले विरोध गर्ने डरका कारण सालाको नामबाट एउटा करिब २० लाख पर्ने भाडा आउने टहरा, ५ आना गाउँकै धु्रव खड्काको जग्गा, बालाजु पैंयाटारमा ४ आना जग्गा, ललितपुरको चापागाउँ वा झरुवा रासीमा ५ आना जग्गा अनि विभिन्न ठाउँमा गरेर करिब ७ लाखको सेयर हालेका छन् । 

यिनलाई यो काममा पार्टनर बद्री भट्टराई र विनोद पौडेलले साथ दिइरहेका छन् । भूकम्पपछि नगरपालिकाको ओभरसियरले नक्सा बनाउन नपाउने नियम भए पनि विनोदले घुमाइ फिराइ आफ्नो अफिसमार्फत नक्सा बनाउँदा पनि नगरपालिका र कार्यकारी अधिकृत विश्वराज मरासिनी मौन छन् । राजारामले जग्गा बेच्दा विनोद पौडेल, साला राम खड्का, बद्री भट्टराईसँग मिलेर फाइदा बाँडफाँट गर्छन् । राजारामले नगरपालिका हुनुभन्दा अगाडि शिक्षक तथा भतिज राजेश बुढाथोकी र शिक्षक श्यामसुन्दर भण्डारीलाई कार्यसमितिमा राखेर जग्गा बेचेवापत प्रतिआनाबाट निश्चित रकम आउने गरी पैसा उठाउँथे । करिब ८–१० वर्षसम्म लाखांै उठाए र घुमघाम तथा मनोरञ्जनमा खर्च गरे । अहिले नगरपालिका भएपछि टोल सुधार बन्द गरेका छन् र करिब १५ लाख रकम के गरे कसैलाई थाहा छैन, आजसम्म कसैले हिसाब–किताब मागेको पनि छैन । साला राम खड्का पैंयाटार आकाशदेवी फाइनान्सको अध्यक्ष भएपछि आर्थिक हैसियत निकै बढेको छ । कपन गाविसको तत्कालीन वडा नं.८ र ९ स्थित प्लटिङ साहु ज्ञानबहादुर खड्का, ढालबहादुर खड्का, प्रेमप्रकाश बास्कोटा, राजु दाहाललगायतबाट उठाएर गाडी किने । भाइ र गाउँलेलाई देखाउन एभरेष्ट बैंकबाट ऋण लिए । सार्वजनिक जग्गासमेत गुम्बाजस्तै निजी घरलाई बेचेपछि गाउँलेले सोध्दा पासाङले राजारामलाई सोध्नु भन्छन् । 

राजारामले बूढानीलकण्ठ–१४ का सभापति होमनाथ तिमिल्सना र रामप्रसाद लुइँटेलसँग लिएको रकम तिरेका छैनन् । ०७० सालको चुनावपछि ४० लाख दिन्छु, मलाई सांसद बनाइदिनू भन्दै अखण्ड पार्टी कहाँ पुगेका थिए । ०७३ माघ २२ गते कपन गुम्बाले मिचेको सार्वजनिक जग्गा फिर्ता हुनुपर्छ भन्दै आत्माराम पौडेल र मीठाराम अधिकारी स्थानीय बासिन्दासँग ¥यालीमा हिँडेपछि स्थानीय हाँसेर भन्दै थिए, जसले कपन गुम्बालाई सार्वजनिक जग्गा बेच्यो तिनै गुम्बाले छाड्नुपर्छ भन्दै हिँडेका छन् । मीठाराम एमाले नेता हुन् । ०५४–५९ मा कपन गाविस अध्यक्ष थिए । उनले पाँच वर्ष कार्यकालमा गुण्डासँग मिलेर बालुवाको कारोबारमार्फत करोडांै कमाए, आत्माराम पञ्चायती मन्त्री बलराम घर्ती मगरका स्वकीय सचिव थिए, युवक संगठनमा काम गरेका थिए । १० वर्ष कार्यकालमा करिब २८ रोपनी जग्गा र तीन वटा महल जोडे । 

कैयौं सार्वजनिक जग्गा हडपे । फूलाहारी र कपन गुम्बालाई सार्वजनिक जग्गा र शिवपुरीको पानी बेचे । भुटानी र तिब्बतीलाई नेपाली नागरिकता दिलाए धेरै रकम कुम्ल्याए । आत्माराम पौडेल, अच्युत पौडेल, ठाकुर पौडेल, राजाराम र त्रिलोचन पौडेल मिलेर सहिद पार्क नजिकैको ५ रोपनी सार्वजनिक जग्गा हडप्न लागेका थिए । तर, यसलाई असफल बनाइदिए, सुदर्शन सिग्देलले । शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देलले त्यो जग्गामा हेलिप्याड बनाइदिए । अच्युत पौडेल कपन–७ का पूर्ववडा अध्यक्ष हुन् । यिनले धेरै ठाउँमा जागिर खाए कहीँ टिक्न सकेनन् । नेपाली सेना र जनजागृति मावि जगडोलमा समेत भ्रष्टाचार गरेर निकालिए । घर नजिकैको दारेगांैडा बाटोमा बजेट पार्थे, त्यही पैसाले छोरीलाई बंैगलोर पठाए । स्थानीय चुनाव हुने हल्ला चलेपछि टिकट पाउने आसमा ६ लाख बेरुजु रकम गाविसलाई तिरे । यज्ञमति माविमा २५ वर्षदेखि व्यवस्थापन समिति छाडेनन् । ऋणमा डुबेर समस्याग्रस्त गाउँकै अर्जुन थापाको २ रोपनी १० आना निकै सस्तोमा किने । 

टिप्पणीहरू