शंकर पोखरेलको सरकार टिकाउन राजेन्द्र महतो लुम्बिनीमा

शंकर पोखरेलको सरकार टिकाउन राजेन्द्र महतो लुम्बिनीमा

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो एकाएक कपिलवस्तु पुगेर कार्यकर्ता भेटघाटमा देखा पर्नुभएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा जसपाले हिजाे आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा महतो प्रकट हुनुभएको हो ।

सतहमा उहाँ कार्यकर्ता भेलामा पुगे पनि अन्तर्य आज बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष बैठक र मुख्यमन्त्री शंकर पोखरेलविरुध्द पेश भएको अविश्वास प्रस्तावलाई फेल गराउने रहेको बताइएको छ ।जबकि उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सत्तोसराप गर्नुभएको सहभागीहरुले बताएका छन् । तर उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भने धेरै पटक गुणगान गाउँदै बोल्नुभएको थियो ।

टिप्पणीहरू