​कस्तो दिन देख्नुप¥यो नि कठै !

आदर्शवान र सच्चा कम्युनिष्टको जीवन कतिसम्म निरश र उराठलाग्दो हुन्छ ? ती कसरी तड्पिरहेका हुन्छन् ? तर, भुइँफुट्टा र चैते कम्युनिष्टको चुरीफुरी र राइँदाइँ चल्ने देशमा यस्ता आदर्श नेताबारे न कसैले सोध्छ, न खोज्छ । ती गुमनाम जिन्दगी बाँच्छन्, बाँचुन्जेल कसैले वास्ता गर्दैन, मरेपछि पार्टीको झण्डा ओढाउन र देवत्वकरण गर्न तिनै चैते सबैभन्दा अगाडि सर्छन् । 

 पञ्चायती शासनकालमा राज्यको आँखा छलेर उनी आफू मात्र कम्युनिष्ट भएनन् धेरैलाई वामपन्थी बनाए । बदलामा जेलनेल भोगे । ०४२ सालको बम काण्डमा समेत उनकै संलग्नता रह्यो । 

हो, तिनै कम्युनिष्ट नेता अहिले जीवन र मरणको दोसाँधमा संघर्षरत छन् । न  उनीजस्ता कम्युनिष्टलाई राज्यले चिन्छ न त कार्यकर्ताले नै ! माओवादीकै सत्ता छ । र, उनको आफ्नै साथी प्रधानमन्त्री भएका बेला प्रहरीले समाएर लान्छ र बेस्करी भकुर्छ । उनका कोही समकक्षी झण्डावाल गाडीमा हुइँकिँदा उनी भने औषधि किन्ने पैसासमेत नभएर मृत्युसँग पौठेंजोरी खेलिरहेका छन् । अर्जुन भण्डारी माओवादी केन्द्रका सल्लाहकार हुन् । नुवाकोट र रसुवा मात्र होइन, देशैभरिका माओवादी नेता–कार्यकर्ताले उनको त्याग र दुःखबारे बुझेका छन् । 

तत्कालीन नेकपा चौम, मोटो मशाल हुँदै माओवादी आन्दोलनमा सहभागी भएका हुन् । जसको छत्रछायामा हुर्किए दिवंगत पोष्टबहादुर बोगटीहरू । 

जीवनमा कसैसँग कहिल्यै हात नपसारेका उनले सत्तामा आफ्ना समकक्षीहरू भएको बेला दुई छोराको रोजगारीका लागि मन्त्रीका ढोका धेरैपटक धाए । तर, सबैतिरबाट उधारो आश्वासनसिवाय केही भेटेनन् । 

०४२ सालको बमकाण्डमा जेल परे । उनीसँगै थिए गणेश पण्डित, चित्रकान्तहरू । त्यो बेलाको सरकारले करेन्ट लगाएर चरम यातना दिएको कारण ०५४ सालदेखि नियमित मानसिक रोगको औषधि सेवन गर्दै आए ।

सानेपामा उनी बस्ने डेरा नजिकै एउटा ब्युटी पार्लर छ । उनकी श्रीमतीले पार्लर सञ्चालकलाई रक्सी र चुरोट नबेच्न सुझाव दिइन् । पार्लर सञ्चालकले यौनधन्दा चलाउने गरेको चर्चा टोलभरि व्याप्त छ । उनको जोडी आँखाको कसिंगर बन्यो । पार्लर सञ्चालिका रिसाउने मात्र होइन, भनाभन र हात हालाहालको स्थिति पैदा भयो । पार्लर सञ्चालकले प्रहरी बोलाइन् । र, आरोप लगाइन् हातपात र दुव्र्यवहार गरेको । जोडीलाई प्रहरीले गाडीमा राखेर लग्यो । उनले घटनाको सविस्तार लाए । ब्युटिपार्लर सञ्चालिका युवतीका अगाडि ती वृद्धका सबै स्वर फिक्का भए । उनले आफू मानसिक रोगको बिरामी भएको बताए । आफूले सेवन गरिरहेको औषधि देखाए । तर, प्रहरीले कुरा सुनेन । चौकीमा मरणासन्न हुनेगरी कुटपिट गरे ।  लगाइरहेको कपडा च्यातिदिए । यो कुरापछि माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, पोष्टबहादुर बोगटीकी धर्मपत्नी राममाया, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लको कानमा प¥यो । प्रहरीलाई भनेर उनीहरूले छुटाउन लगाए । तर, उनलाई चौकीको गेटबाट गलहत्याएर बाहिर पठाइयो । 

प्रचण्ड मोटो मशालको महामन्त्री भएपछि ०४४ सालमा आफ्नो घरमै गएर बसेको भण्डारीले सम्झिए । ०३६ सालमा शान्ति विद्यागृहमा पढाउँथे । ०३७ सालमा गृहजिल्ला नुवाकोट पुगे र त्यहाँ नेकपा मसालको संस्थापक बने । त्यसको अर्काे वर्ष पोष्टबहादुर बोगटीलाई सचिवको जिम्मेवारी दिएर रसुवामा संगठन विस्तार गर्न पुगे । 

दुई सन्तानको लालनपालन र शिक्षा–दीक्षा दिलाउनुपर्ने जिम्मेवारी । त्यसमाथि नियमित औषधि सेवन गर्नुपर्ने । तर, सदैव डसिरहने समस्या थियो पैसाको । एकातिर उनी आदर्शलाई पछ्याउने तर परिवार सत्ता चलाउन खोज्ने । यस्तै–यस्तै कारणले मानसिक रोगको ग्राफ बढ्दै गयो । नुवाकोटबाट उनलाई द्वन्द्वपीडितको राहत दिलाउन नारायण नेपालहरूले पहल नगरेका होइनन् । उनीसहित नुवाकोटमा मात्र २१ जना द्वन्द्वपीडित मानसिक रोगी छन् । तर, आफ्नै सत्ता र सरकार हँुदासमेत उनलाई द्वन्द्वपीडित मान्न राज्य तयार भएन । बरु मानसिक रोगीमा सूचीकृत गरिदियो । मानसिक रोगी द्वन्द्वपीडित हुन नसक्ने गृह मन्त्रालयले निचोड निकाल्यो । शुरुमा बोल्दै नबोल्ने स्वभावका थिए । पछि उनको उपचार डा. विश्ववन्धु थापाहरूले हेरे । नियमितको औषधोपचारपछि केही तंग्रिएका थिए । पछि यस्तो चरण आयो कि बोलेको बोल्यै गर्न थाले । रोकिँदै नरोकिने । 
अहिले चाबहिलस्थित रिह्याब सेन्टरमा छन् । वसन्त भेटवालले यो कुरा विप्लवसम्म पु¥याएपछि सम्पूर्ण उपचार पार्टीले व्यहोर्नेगरी उपचार थालिएको छ । साइकेटिक, थाइराइड, युरिक एसिडलगायत रोगसँग संघर्ष गरिरहेका यी आदर्शवान कम्युनिष्ट नेताको जीवनरक्षाका लागि सबैले आफूले सकेको सहयोग गर्न सकौं । 

   – जयराम पुडासैनी, नुवाकोट

टिप्पणीहरू