क्याम्पस तोडफोड गर्ने नेविसंघ र क्रान्तिकारी गुण्डा र गध्दार भएको अखिलको आरोप

क्याम्पस तोडफोड गर्ने नेविसंघ र क्रान्तिकारी गुण्डा र गध्दार भएको अखिलको आरोप

आज बिहान लुम्बिनी वाणिज्य क्याम्पसमा भएको तोडफोडप्रति एमाले अध्यक्ष केपी शर्मा ओली निकट अनेरास्ववियुले गम्भिर आपत्ति व्यक्त गरेको छ । उसले घटनामा संलग्न सबैलाई गुण्डा र गद्दारको संज्ञासमेत दिएको छ ।

‘विद्यार्थी संगठनको नाममा नेविसंघ र अखिल (क्रान्तिकारी) का झुण्डहरुले गरेको तोडफोड र क्षतिप्रति’ अनेरास्ववियुले गम्भिर आपत्ति व्यक्त गर्छ भन्दै सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘विगतदेखि नै अध्ययन अध्यापन हुँदै आएको विषयहरु कटौतीको माग राखी तोडफोड र अराजक गतिविधि गर्नेहरुमाथि तत्काल कानूनी कारवाही गरियोस् ।’अनेरास्ववियुले क्याम्पस लाखौं विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्ने थलो भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई अनुशासन र जागरणको पाठ सिकाएर शिक्षालाई सहज,सर्वसुलभ र गुणस्तरीय बनाउन विद्यार्थी संंगठनहरु लाग्नुपर्नेमा त्यसो नहुनु दुःखद् भएको बताएको छ ।

उसले आज उक्त क्याम्पसमा भएको घटनामा संलग्न विद्यार्थी संगठन र तिनका नेताको व्यवहारलाई टोले गुण्डा र विद्यार्थी आन्दोलनमाथिको गद्दारी भनेको छ ।

टिप्पणीहरू