​ढोकैमा रेल

चुन्किङ धेरै जनसंख्या भएको चिनियाँ शहरमध्येको एक हो । यहाँको जनसंख्या ५ करोडभन्दा बढी छ । १२ वर्षअघि यहाँ रेलवे निर्माण गर्ने योजना बन्यो तर घरैघर भएको शहरमा समस्या भयो । धेरै घर भत्काउनुपर्ने भएपछि इञ्जिनियरहरुले विकल्प सोचे र घरको छाना, कोठाबाट रेल कुदाउने योजना बनाए । प्रस्तुत फोटो त्यस्तै एउटा घरको हो, जसको नवौं तलाबाट रेल दगुर्छ । सातौं र आठौं तलामा यात्रुका लागि प्रतीक्षालय छ । तुपा, वुसान, वुलिङ हुँदै तालोउ पहाडसम्म जाने रेलवेकै कारण अपार्टमेन्टको मूल्य ह्वात्तै बढेको छ किनभने अपार्टमेन्टको ढोकाबाट निस्कनेबित्तिकै रेल चढ्न पाइन्छ ।

टिप्पणीहरू