काठमाडौंमा हुण्डी कारोबारी छ्याप्छ्याप्ती

काठमाडौंमा हुण्डी कारोबारी छ्याप्छ्याप्ती

काठमाडौँमा हुण्डी कारोबारीहरु जताततै देखिन थालेका छन् । यसबीचमा प्रहरीले हुण्डीको कारोबारमा संग्लग्न चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको गणबहालमा हुण्डिको कारोबारी (समानान्तर बैकिङ्ग कारोबार) गरिरहेको अवस्थामा चार जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय तनुज इन्टरप्राइजेजका सञ्चालक तरुण अग्रवाल, तनहुँ जिल्ला भिमाद १ घर भई हाल गोंगबु बस्ने २५ वर्षका नितेश श्रेष्ठ, रामेछापको देउराली २ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौंलागाई रहेका छन् ।विशेष सुराकीको आधारमा महानगर परिसर काठमाडौबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरुको साथबाट नगद ९१ लाख ९६ हजार, ८० लाख ४३ हजार ३ सय १९ डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ को चेक समेत बरामद गरेको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि सम्पत्ति सुद्धिकरण विभाग हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू