ह्वात्तै बढ्यो कोरोना, झण्डै ५ हजार संक्रमित, ३५ को मृत्यु

ह्वात्तै बढ्यो कोरोना, झण्डै ५ हजार संक्रमित, ३५ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको ज्यान गएको छ । यस्तै ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय १७ जनामा पीसीआर तथा ५ हजार ९ सय ६ एन्टिजेन गरी १९ हजार १ सय २३ जनामा परीक्षण गरिएको थियो ।

आज २ हजार १ सय १५ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३७ हजार ३ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू