अनेरास्ववियुले गर्यो मेधावी छात्रको सम्मान

अनेरास्ववियुले गर्यो मेधावी छात्रको सम्मान

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका आशिक झालाई आज सम्मान गरेको छ । झालाई कार्यक्रमका प्रमुख अतिथि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मान गर्नुभएको हो ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयबाट एसएलसी र कक्षा १२ उतिर्ण गरेका झाले उत्कृष्ट अंक ल्याएको कारण सम्मान गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव आरती लामालगायत झण्डै ८० जनाको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू