काँग्रेस केन्द्रीय कार्यालयमा कैलालीका नेताले पनि पलेटी कसे « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

काँग्रेस केन्द्रीय कार्यालयमा कैलालीका नेताले पनि पलेटी कसे

प्रकाशित मिति :  २६ श्रावण २०७८, मंगलवार १७:३०


नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको धर्ना कार्यक्रममा कैलाली जिल्लाका नेता तथा कार्यकर्तासमेत मिसिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारीको नेतृत्वमा एक दर्जभन्दा बढी नेता तथा कार्यकर्ताले आजदेखि धर्ना दिएका हुन् । उनीहरुले न्यायको लागि धर्ना मुख्य नारासहित पलेटी कसेको बताएका छन् ।

आफूहरुले पार्टी नेतृत्व तहबाट माग पूरा हुने आश्वासन पाएपछि रोकेको तर लामो समयसम्म पनि माग पूरा नभएपछि धर्ना बस्न बाध्य भएको काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति अधिकरीले बताएका छन् ।

यसअघि क्रियाशील सदस्यता वितरणमा भएको धाँधली विरुद्ध काँग्रेस केन्द्रीय कार्यालयमा अघिल्लो महिनादेखि बारा र धनुषाका काँग्रेसीहरुले धर्ना र रिले अनशन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !