अस्कलमा अखिल र क्रान्तिकारीबीच झडप, १ जना घाइते

अस्कलमा अखिल र क्रान्तिकारीबीच झडप, १ जना घाइते

काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच आज दिउँसो झडप भएको छ ।

झडपमा एक जना घाइते भएका छन् । क्याम्पसमा बिआइटी सञ्चालन गर्ने विषयमा झडप भएको हो । झडपमा अनेरास्ववियुका नेता पंकज पाण्डे सामान्य घाइते भएको बताइएको छ ।

झडपमा अखिल क्रान्तिकारी अस्कल क्याम्पस इकाई कमिटिका सचिव समुन्द्र न्यौपाने, विकास भट्ट, विक्रम शर्मा पौडेल तथा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटीका संयोजक कमलराज जोशी र पाण्डे भिडेका थिए ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएर गएको दुबै संगठनले जनाएको छ ।

टिप्पणीहरू