ब्राउन सुगर सहित ६ पक्राउ

ब्राउन सुगर सहित ६ पक्राउ

सुनसरीको ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोदकुमार यादव, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोदकुमार कामत र सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनरकुमार मुखिया, १९ बर्षीय रमेश मुखिया र २२ बर्षीय फुलकुमार मुखिया रहेका छन् ।

हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलय सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो । पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट ब्राउन सुगर १३० ग्राम फेला परेको हो । उनीहरुलाइ कार सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान कार्य अघि बढाएको छ ।

त्यसैगरी मोरङ लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई हुन ।

आरोपित राइलाइ हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जाँतेको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट पनि बरामद गरेको छ । राईलाई ईलाका प्रहरी लेटाङले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू