सबै मधेसी कमजोर हुँदैनन्

जिल्ला प्रशासन कार्यालय चितवनमा ९  चैतको दिन प्रजिअ रोहवरमा डिभिजन सडक कार्यालय प्रमुख धर्मेन्द्र मिश्रलाई रातोपिरो आँखा पार्दै मुग्लिनका बलराम त्रिपाठीसहित केही व्यक्तिले ¥याख¥याख्ती पार्न खोजेका छन् । कुनै बेला माओवादीले सामन्त दलालका नाममा मात्रै होइन, सरकारी जग्गासमेत आफ्नो भन्दै झण्डा गाडेका थिए । के ती जग्गा माओवादीकै नाममा छ त ?

झण्डा गाड्दैमा आफ्नो बोलवाला भएको बेला कोही–कसैले कसैमाथि हैकम जनाउँदैमा के त्यो सदा उसको हुन्छ ? ‘म अरू कुरा जान्दिनँ, त्यो सडक विभागको जग्गा हो, उसैको नाममा लाजपुर्जा छ, भोलि अर्को आदेश भए अलग कुरा तर तत्काल उक्त जग्गा तपार्इंहरूले खाली गरिदिनुपर्छ’ भन्दै मिश्र तातिएपछि प्रजिअले समेत केही बोल्ने आँट गरेनन् । ०२८ सालतिरै स्थापित मुग्लिन इलाका प्रहरी कार्यालय चितवनले भवन निर्माणका लागि आवश्यक जग्गा नपाएर भाडाको छाप्रोमा गुजारा चलाउँदै छ तर सोही स्थानमा सरकारी जग्गा दशकौंदेखि कब्जा जमाएर ठाँटले भाडा असुलिँदै छ ।

‘जग्गा खाली गर्ने मात्र होइन अहिलेसम्मको हर्जानासमेत तपार्इंहरूले तिर्नुपर्ने हुन सक्छ । विनम्रपूर्वक अनुरोध गरेको छु, इमान्दारीसाथ सो जग्गा खाली गरिदिनु ।’ केही हप्ताअघि जनआस्थामा समाचार प्रकाशन भएको र अख्तियारमा समेत सोसम्बन्धी उजुरी परेको खबर थाहा पाएपछि मिश्रले हाजिर भएको हप्तादिनभित्रै सडक विभागको उक्त जग्गा खाली गरिदिन एकहप्ते सूचना टाँस गरेपछि ती व्यक्ति सिडिओ कार्यालयमा डिभिजन सडक कार्यालयका हाकिमको सातो टिप्ने उद्देश्यले राँकिएर पुगेका छन् । तर, उल्टो तराईवासी मिश्रको जवाफ भेटेर बलराम त्रिपाठीलगायतको जत्था फर्केको जिप्रका स्रोतले जानकारी गराएको छ ।

दारेचोक गाविस–४, मुग्लिङ चाइनिज क्याम्पका नामले चिनिने कित्ता नं. ३६/१ र ११ नं.को १५ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको करोडौं मूल्य बराबरको जग्गा– कित्ता नं. ४८ र ४६ अन्तर्गत डिभिजन सडक कार्यालय मुग्लिननजिकै सीताराम त्रिपाठी र टीकाराम कँडेलले १० कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गा अनधिकृत रूपमा भोगचलन गर्दै आएको चाल पाएपछि मिश्रले उक्त जग्गाबारे ठोस निर्णय लिने विचारसहित यो कदम चालेको बताएका छन् । सडकको उक्त जग्गा आफ्नो नाममा गरिपाऊँ भनी जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च पुगेका त्रिपाठी खलकविरुद्ध फैसला हुँदै आए पनि उनीहरूले मुद्दा गर्न छाडेका छैनन् र अहिले पनि पुनरावेदन अदालत हेटांैडामा रिट छ ।

अर्काे समाचारअनुसार केही महिनाअघि आफ्नै छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार भरतपुर चलान भएका त्रिवेणी मावि मुग्लिनका शिक्षक भोजराज दवाडीलाई जिल्ला अदालतले सफाइ दिएको छ । स्थानीयले दवाडीलाई साविककै विद्यालयमा हाजिर हुन नदिएपछि तलब–भत्ता त्रिवेणी माविबाटै खानेगरी भीमनगर माविमा सरुवा गरिएको छ ।

– अञ्जनकुमार 

टिप्पणीहरू