परीक्षार्थी संक्रमित भएपछि वैकल्पिक परीक्षाको माग, स्थगित नभए तालाबन्दीको चेतावनी

परीक्षार्थी संक्रमित भएपछि वैकल्पिक परीक्षाको माग, स्थगित नभए तालाबन्दीको चेतावनी

परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमण भएपछि हेटौंडाका विद्यार्थी छलफलका लागि कीर्तिपुर आएका छन् । साउन ३२ गतेबाट सञ्चालन हुन लागेको वन तथा विज्ञान अध्ययन संस्थान हेटौंडाको परीक्षामा सहभागी हुन लागेका १० जना विद्यार्थीमा कोरोना संक्रमण भएपछि वैकल्पिक परीक्षाको निम्ति उनीहरू कीर्तिपुर आएका हुन् ।

बीएससी फरेस्ट्री प्रथम सेमेष्टरको परीक्षामा सहभागी हुन नसक्ने बताउँदै वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन माग गर्दै वन, विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका विद्यार्थीले वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक वीरबहादुर खनाल क्षेत्रीसँग छलफल गरेका छन् ।वन, विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका अनेरास्ववियु क्रान्तिकारीले अनलाइनमार्फत् परीक्षा सञ्चालनको माग राखेको बताइएको छ । छलफलमा डिन क्षेत्रीले परीक्षा स्थगनको पक्षमा सबै विद्यार्थीहरू नरहेको र परीक्षा दिन नचाहनेले परीक्षा नदिन सक्ने तर परीक्षा स्थगन नहुने बताउनुभएको छ ।

परीक्षा स्थगनको लागि क्यापसहरूले सिफारिस पठाउनुपर्ने र त्यसो नभएमा परीक्षा स्थगन नगर्ने बताएपछि विद्यार्थीहरूले कोभिडका कारण परीक्षामा सहभागी हुन नसक्ने बताउँदै परीक्षा स्थगन नभएसम्म डिन कार्यलयमा तालाबन्दी गर्ने बताएको स्रोतको दाबी छ ।

टिप्पणीहरू