लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैठौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका छन् ।

त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थपिएका पाठ्यक्रम बन्द गर्न दबाव दिइरहेका उनीहरुले आज बिहान एकाएक क्याम्पस तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ । उनीहरुले क्याम्पसको प्रवेशद्वारसँगैको पूरानो भवनमा रहेका लेखा शाखा र परीक्षा शाखाको कम्प्युटर र कुर्सी तोडफोड गरेका हुन् ।तोडफोडपछि विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेश परीक्षा फाराम खुलाएका कारण क्याम्पस प्रशासनमा तोडफोड गर्नुपरेको बताएका छन् ।

टिप्पणीहरू