शैक्षिक शुल्क घटाउन अनेरास्ववियुको माग, क्याम्पसमा प्रदर्शन

शैक्षिक शुल्क घटाउन अनेरास्ववियुको माग, क्याम्पसमा प्रदर्शन

शैक्षिक शुल्क महँगो भएकाले तत्काल घटाउन नेपाल कम्युनिष्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले माग गरेको छ । अनेरास्ववियुको काठमाण्डौं इञ्जिनियरिङ क्याम्पस इकाइ कमिटिले उक्त माग राख्दै आज प्रदर्शन गरेको हो छ ।

कालिमाटीस्थित काठमाडौ इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले शुल्क महँगो भएकाले प्रत्येक सेमेष्टरको शुल्क घटाउन माग गर्दै अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन क्याम्पसको सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थी र अनेरास्ववियु काठमाण्डौं इन्जिनियरिङ्ग क्याम्पस इकाइ कमिटीको संयुक्त आयोजनामा भएको हो । प्रदर्शनको नेतृत्व अनेरास्ववियु काठमाण्डौं इन्जिनियरिङ्ग क्याम्पस इकाइ कमिटिका अध्यक्ष रोनाल्डो श्रेष्ठले गरेका हुन् ।

आज दिउँसोको प्रदर्शनमा विद्यार्थीहरुले प्लेकार्डसहित नारा जुलुस गरेका छन् । उनीहरुले क्याम्पस प्रशासन मुर्दावाद, शैक्षिक भूमाफिया मुर्दावाद, ३० प्रतिशत छुट कायम गर, विद्यार्थी एकता जिन्दावादलगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू