​माडका लागि लड्ने कि जाँडका लागि ?

  • संकेत कोइराला

जब बनारसका राजाले प्रजासँग नयाँ कर लगाउन चाहे, तब उनका चार मन्त्रीले विरोध गरे । क्रुद्ध राजाले तिनीहरूलाई देशनिकाला गरिदिए । हिँड्दै जाँदा तिनीहरूले जमिनमा ऊँटको पाइला देखे । आपसमा त्यसबारे कुरा गर्न थाले । त्यसैबेला ऊँटको मालिक आत्तिँदै आइपुग्यो, र सोध्यो, ‘के तपाईंहरूले मेरो ऊँट यहाँबाट गएको देख्नुभो ?’ एक मन्त्रीले भन्यो, ‘के तिम्रो ऊँट एउटा खुट्टा खोच्याउँछ ?’ मालिकले भन्यो, ‘तपाईंले ठीक भन्नुभयो ।’ अर्को मन्त्रीले थप्यो, ‘कतै तिम्रो ऊँट कानो त थिएन ?’ जवाफ आयो, ‘हो, हो त्यो कानो पनि छ ।’ अब पालो थियो तेस्रो मन्त्रीको । उसले आफ्नो सार निकाल्दै भन्यो, ‘के ऊँटको पेटमा कुनै खराबी थियो ?’ ऊँट मालिक झन् हौसिएर भन्दै थियो, ‘ठीक भन्नुभो तर अब कृपा गरेर बताइदिनुस् त, मेरो ऊँट कहाँ छ ?’

चारै जना मन्त्रीले एकमुख लागेर जवाफ दिए, ‘तिम्रो ऊँट होइन, ऊँटको खुट्टाका पाइला देखेर हामीले यस्तो निष्कर्ष निकालेका हौं ।’ यस्तो कुरा सुनेपछि ऊँट मालिकले जंगिदै ‘झुटो बोल्दै हुनुहुन्छ । मेरो ऊँटबारे तपाईंहरू सबैलाई थाहा छ । त्यो ऊँट तपाईंहरूले नै चोरेको हुनुपर्छ । म यो कुराको उजुरी गर्छु’ भन्दै चारै मन्त्रीलाई समातेर राजासमक्ष पु¥यायो ।’ पुछताछपछि पहिलो मन्त्रीले भने, ‘महाराज, तीनैवटा खुट्टाको निशाना गहिरो थियो तर चौथो भने हल्का, त्यसैले विचार गरें कि त्यो ऊँट खुट्टा खोच्याएर हिँडेको हुनुपर्छ ।’ दोस्रो मन्त्रीले भन्यो, ‘महाराज, बाटामा दायाँतर्पm रूखका पात चुँडालेको देखिन्थ्यो । तर बायाँतर्पm जस्ताको तस्तै । त्यसैले लाग्यो, ऊँटले दायाँ मात्र देख्छ होला ।’ तेस्रोले भन्यो, ‘उसको खुट्टाका पाइलासँग रगतका थोपा पनि देखिन्थे । त्यसबाट विचार गरेँ कि ऊँटलाई किराहरूले टोकिरहेका थिए । तर, पुच्छर छोटो भएको हुँदा उसले किरा धपाउन पाएन होला ।’ चौथोले अन्तिम निष्कर्ष निकाल्दै भन्यो, ‘ऊँटको पाइला हेर्दा पछिल्लो र दायाँपट्टिको खुट्टा जमिनमा हल्का बसेको देखिन्थ्यो । यसबाट यो स्पष्ट हुन्छ कि पेटमा अवश्य गडबडी थियो होला । यही कारण चौथो खुट्टा पूरा बलले राख्न सकेन ।’

राजा आपूmले नै निकालेका मन्त्रीको कुरा सुनेर खुशी हुँदै भन्न थाले, ‘तिमीहरूजस्तो बुद्धिमान मन्त्रीलाई निकालेर ठूलो भूल गरेछु । आजदेखि फेरि मेरो दरबारमा बस्नेछौ । मैले लगाएको नयाँ कर पनि आजैदेखि फिर्ता गर्दछु ।’

बाग्लुङका व्यापारीको ‘सेते घोडा’ कार्यकर्ताले चोरेर प्रचण्डलाई टक्र्याएको खबरले शान्ति–सम्झौतापछि सनसनी ल्याएको हो । तर, त्यो घोडा सकुशल फर्काएको समाचार कतै आएन । संयोगले प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाली जनताले तिरेको पैसाबाट फाइदा गरी एउटा व्यापारिक कम्पनीले लाभकर तिर्नुनपर्ने ठेक्का लिएको चर्चाले महिनौं ठाउँ पाउँदा पनि यो काण्डलाई सेते घोडा भाग–२ बनाइनु लज्जाको विषय हो । यो त्यस्तो कर हो, एउटा नेपाली नागरिकले वृद्धभत्ताबापत पाएको पैसा बैंकमा राख्दा आउने ब्याजमा समेत आकर्षित हुन्छ । त्यो लाभकरको मेसो मिलाउन नसकेर कुनै दिन देशका अर्थमन्त्री ‘अक्षम’ ठहरिए भने आश्चर्य नमाने हुन्छ । बनारसका राजाले भैंm निर्णय सच्याउने अधिकार हाम्रा प्रधानमन्त्रीमा नरहने पक्का छ । 

देशका झण्डै ४० लाख मानिसलाई करको दायरामा ल्याउनुपर्ने दायित्व सरकारको हो । दायरामा ल्याइएका १० लाखबाट गरिएको कर असुलीमा राजश्व प्रशासन रमाइरहेको छ । कमाउधन्दालाई मद्दत पु¥याउने दायित्व पनि यही संस्थाको हो । मालपोत, शिक्षा, स्वास्थ्य, पानी, बिजुली, ढल, फोहोर, घर कर, बहाल करजस्ता करमारा यस्ता बार्गेनिङका छिद्र छन्, जुन सबैलाई थाहा छ तर कोही बोल्दैनन् । मालपोतमा जग्गा पास, नगरपालिकाको नक्सापास, सरकारी कार्यालयको अडिट गराउँदा कुनचाहिँ विधिको शासनको गफ गर्नेले टेबलमुनिको धन्दा गरेको छैन ? यदि कसैले अस्वीकार ग¥यो भने कि ठग्यो कि त्यो मानिस पाखण्डी हो भन्ने निश्कर्ष निकाले भने असत्य हुँदैन । जनतालाई कामको अवसरसँगै करको दायरा फराकिलो बनाएर लैजाने रचनात्मक सोच कसैमा छैन । सुन र पित्तलको एउटै कारोवार देखिने शैलीमा व्यापारीले कारोवार गर्दा पनि आँखा चिम्म गर्ने शैलीमा एक इञ्च पनि परिवर्तन आएको छैन । 

राजश्व लक्ष्य जसरी भए पनि पु¥याउनुपर्ने भनी हाकिमका गर्धनमाथि अझ ठूला हाकिमले झुण्ड्याइदिएको तरबारका कारण मुलुकलाई तिर्ने कर साँच्चै करले नै तिर्ने वस्तु भएको छ । कर उठाउने दायित्व बोकेका अधिकारीहरूको सरुवा–बढुवाको लगाम कर्पोरेट हाउसहरूले लिने विचित्रको लीलाले कर प्रशासनको धज्जी उडेको छ । अर्थ प्रशासनको सम्पूर्ण दायित्व बोकेका अर्थमन्त्री नै एउटा व्यापारिक कम्पनीको कर मिनाहा गराउने खेलमा लागेको खबर पुष्टिको नजिक पुग्नु झन् ठूलो दुर्भाग्य हो । छलछाम गर्न पनि देश चाहिन्छ । अरबको सडकमा थुकेको अभियोगमा पाँच सय रियाल जरिवाना तिरेपछि बल्ल नेपालीले देशको महत्व बुझ्छ । तोकिएको डेसिबलमाथि ध्वनी बढाएर बोल्दिनँ भनी कागज गरेर परदेशको सार्वजनिक कार्यक्रममा बोलेर फर्किएका नेतालाई त्यसबेला फिँज काढेर संसद् र खुलामञ्चमा कराउँदाको अर्थ थाहा हुन्छ । असन्तुष्टि पोख्न फेसबुकको सहारा लिनुपरेको ४० लाख नेपाली प्रवासीलाई रोग उत्पन्न भए ठाउँकै ओखती पनि जडी हुने रहेछ भन्ने चेत आएको हुनुपर्छ । विदेशीको घोडा चढेर आफ्नो नेता कर्नेल गद्दाफीलाई अमानवीय व्यवहार गरी मारेका लिबियाली जनताको भागमा अहिले पछुतोबाहेक केही बाँकी छैन ।

पञ्चायती व्यवस्थाले बिपीलाई उपचार गर्न सरकारी खर्चमा अमेरिका पठाएको थियो । गिरिजाप्रसाद कोइरालाकी पत्नी सुष्मा कोइराला स्टोभबाट शरीरमा सल्किएको आगोले घाइते हुँदा पञ्चायतका जल्दाबल्दा प्रधानमन्त्री सूर्यबहादुर थापाले अबगाल खपेरै भए पनि हेलिकोप्टरबाट विराटनगर ओखती पठाएका थिए । छोराले साली भिœयाएको सुइँको पाएपछि महेन्द्रलाई युवराजबाटै बर्खास्त गर्ने निधोमा पुगेका राजा त्रिभुवनलाई बिपीले यसरी फकाए– साँप म¥यो, लौरो पनि भाँचिएन । बिपीसँग मनमुटाव भएपछि आपूmलाई खुशी पार्न प्रज्ञा प्रतिष्ठानमा साहित्यकारको लहरबाट बिपीको फोटो लुकाउने आफ्नै चण्डमुण्डहरूको उल्टो हुर्मत लिएका राजा महेन्द्रले यथास्थानमा फोटो राख्न लगाएर राजनीतिक उच्चताको परिचय दिए । 

एउटै पार्टीका बिपी–सुवर्णसमशेर बाँचुञ्जेल धेरै विषयमा मतमतान्तर राख्थे तर निर्णायक घडीमा त्याग गर्न उनीहरूको हानाथाप चल्थ्यो । प्रजातन्त्रका लागि प्रवास जाने बिपीको निर्णयलाई आफ्नै धर्ती नछोडेर किसुनजीले अवज्ञा गरे । तर, जीवनको उत्तराद्र्धमा तिनै असहमत कृष्णप्रसादलाई नै बिपीले पार्टीको साँचो सुम्पिए । बिपीप्रति अगाध स्नेह राख्ने गणेशमानका लागि प्रधानमन्त्रीको इतिहासभन्दा कृष्णप्रसादप्रतिको विश्वास भरपर्दो भएर नै त प्रधानमन्त्री पद लोभै विना हस्तान्तरण गरिदिए । बिपीलाई क्यान्सर लाग्दा अमेरिका पठाउने निर्णय गर्ने निरंकुश पञ्चायती सरकार र मरिचमानलाई त्यही क्यान्सर लाग्दा क्यान्सरको ओखतीमा लाग्दै आएको भन्सार छुट दिने लोकतान्त्रिक सरकारबीचको अन्तर नै बुझिनसक्नु पहेली हो ।
लोकतन्त्र र सुशासन एक अर्काका पर्यायवाची शब्द हुन् । 

साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन र कसैबाट हुनुहुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । हाम्रो समाजमा अब विकास त धेरै टाढा भयो, नागरिक शिक्षाको अभियान वाञ्छनीय बन्दै गएको छ । मान, मर्यादा, नैतिकता मान्छेका नभएर निर्धो र लाचारका आभूषण भएका छन् । धनीले सम्पत्ति त ओगटेको छ तर उसको चुल्होको खर्चलाई उसकै कुकुरको दानापानीको खर्चले उछिनेको छ । गरिबलाई त धनीको मिस्डकल आउला तर धनीलाई आउने यमराजको मिस्डकलबाट जोगिन उसले गरेको भगीरथ प्रयास अब होशियारी नभएर जोकमा परिणत हुन थालिसकेको छ । शरीरमा रोगले राष्ट्रिय सहमति गरेपछि मर्निङवाकका नाममा निस्कने अधिकांश धनीहरू सुपरमार्केटबाट आपूmलाई भन्दा टमीहरूलाई महँगा खानेकुरा लैजान्छन् । थुक निल्दै चिल्ला, गुलिया र मीठा खानेकुरा ख्वाउँछन् । त्यसपछि सुगर फ्रि नामक मैदाको पाप्रो आपूm चपाएर ‘ब्रेकफास्ट’ को कोर्स पूरा गर्छन् । 

काखमा टमीलाई लिएर परदेशमा रहेका नातिनातिनासँग भिडियो च्याट गर्नु उनीहरूको दैनिकी बन्दै आएको छ । छोराछोरी, नातिनातिना त छन् तर खलै उठेर युरोप, अमेरिकामा भासिएका छन् । घरमा विपत्ति प¥यो भने परिवारका कसैको भर छैन । हजुरबालाई आईसीयूमा राखेको खबर विदेशमा रहेको नातिले पायो भने फेसबुकमा रिप लेखेर आफ्नो कर्तव्य निभाउँछ । हो, त्यसैले त फेसबुकको नातिभन्दा त्यस्ता धनीहरूलाई आफ्नै टमीहरूको भर हुन थालेको छ । कम्तिमा यसले स्वामीभक्ति त छोड्दैन ! गाउँको च्याँख्ला र ढिंडोबाट जोगिन शहर छिरेका यिनीहरूको दुःख सिंहदरबार जत्रो घर र शहरका खाल्डाखुल्डी पनि थाहा नहुने खालका विलासी गाडीमा चढ्दा पनि दुःखको पहाड उन्नाइस नभएर एक्काइसमा उक्लेको छ । प्रारब्धले चुचे ढुंगो उही टुंगोमा पु¥याएको छ । पुँडे गोरुले चोक्करमा नरुचाउने पिठोले पकाएको रोटी ‘अर्गानिक’ का नाममा पूmर्ति लाउँदै निल्नु धेरै सुकिला मुकिला अनाम पात्रहरूका लागि आपैंmलाई चित्त बुझाउने मेलो भएको छ । 

अरु त अरु करोडौं गर्भभित्रको राजा हुन पाउने अभूतपूर्व संयोग बोकेका राजा ज्ञानेन्द्र त सडकमा आए भने रंग पोतेर बाघको अभिनयमा बाँचेका बिरालाहरूको घमण्ड नटिक्ने पक्का छ । उनीहरूले बुझे हुन्छ, ‘बाघ नभएको ठाउँमा बनविरालाको चुरीफुरी त हुन्छ तर त्यो क्षणिक मात्र ।’ गफमा धनीले उछिने पनि खुवाईको चौका भने गरिबको भागमा पर्छ । साँचो जीब्रोको स्वाद उसले लिन्छ । त्यसैले त ऊ सधैं भुटेको र तारेको स्वादमा रमाउँछ । यसको मूल कारण हो– उसभित्रको भोकले भोजनमा अलौकिक स्वाद उत्पन्न गरिदिन्छ । खाए मकै नखाए भोकैको अवस्था अब गरिब हैन, धनीका पुर्पुरामा लेखिन थालेको छ । विडम्बना भन्नुपर्छ– टमीका मालिकहरूबाट निर्देशित सिंहदरबारले समाजको मनोविज्ञानलाई छाम्नै सकेको छैन । आकाशमा उडाउने गफ गर्ने तर चाहिएका बेला एक चिम्टी माटो सुरक्षित गर्न नसक्ने अकर्मण्यताबाट सिंहदरबार घाइते हुँदै आएको छ ।

सिंहदरबारले राम्रा र चिल्ला कागजमा पौडी खेल्न त सिकायो तर अभ्यासमा एक गिलास भरलाग्दो स्वस्थ पानी जनतालाई दिन सकेन । बरु दूध बेच्दा पनि पाप लाग्छ भन्ने निष्कपट र निर्दोष समाजलाई प्लास्टिकका बोतलमा भरेको फोहोर पानी मिनरल नाम दिएर क्रिमनल नारासाथ बेच्न उक्सायो । भूmटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । अरु त अरु मान्छेका इन्द्रीय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने बृद्ध कमा, अनि मृत्यु फुलस्टप । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जो कसैका कुरा सुन्दैन त्यो असफल, सबैका कुरा जसले सुन्छ त्यो पनि असफल । भ्रष्टाचारले देश आक्रान्त भएपछि भारत स्वतन्त्रतापछिका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू इन्जिनियरहरूको भेलामा डाँको छोडेर रोएका थिए । उनको आग्रह थियो, ‘कमसेकम ५० प्रतिशत खाएरै भएपनि राम्रो काम गरिदिनुस् ।’ अब भ्रष्टाचार ओपन सेक्रेट भएको स्विकार्ने हो भने हामीलाई पनि स्वीकार्न के आपत्ति ?

भगवान गौतम बुद्धले भन्नुभएको छ– ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ ! न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उँचनीचबाट माथि उठ्नु आवश्यक छ ।

भनिन्छ, मानिसका १८ किसिमका परीक्षा हुन्छन् । १७ वटा परीक्षामा सर्वोत्कृष्ट ठहरिएको मानिस १८ औं परीक्षामा चिप्लिन सक्छ । त्यो हो– द्रव्यमोह । अबको पेचिलो प्रश्न उही हो– अब हामी माडका लागि लड्ने कि जाँडका लागि ?

टिप्पणीहरू