काठमाडौंमा सक्रिय संक्रमितको संख्या बढ्यो, हिजो १९ डोज कोभिशिल्ड खेर गयो « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

काठमाडौंमा सक्रिय संक्रमितको संख्या बढ्यो, हिजो १९ डोज कोभिशिल्ड खेर गयो

प्रकाशित मिति :  २६ श्रावण २०७८, मंगलवार १४:३०


काठमाडौँ महानगरपालिका क्षेत्रमा हिजोसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ३६ जना रहेका छन् । यसअघि शनिबारसम्म ३ हजार ४ सय ८८ जना संक्रमित थिए ।

तीमध्ये होम आइसोलेसनमा ३ हजार ५ सय ६९, अस्पतालमा १ सय २८, संस्थागत आइसोलेसनमा ६६ रहेको महानगरपालिकाले जनाएको छ । हालसम्म निको भएकाको संख्या ६९ हजार २ सय १४ जना रहेको बताइन्छ ।हालसम्म काठमाडौं महानगरपालिकाभित्र ५ सय ११ जनाको मृत्यु भएको छ । कन्ट्याक्ट ट्रेसिङ् गरिएकाको संख्या ८६ हजार ५ सय ६६ र कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिएकामध्ये पीसीआर परीक्षण गरिएकाको संख्या ५३ हजार ८ सय ६१ र कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिएकामध्ये हालसम्म पीसीआर पोजिटिभ देखिएकाको संख्या १३ हजार ३ सय ५ जना पुगेको छ ।त्यसैगरी महानगरपालिकाले हिजोदेखि शुरु गरेको कोभिसिल्ड दोश्रो मात्रा खोप अभियान विवरणअनुसार हिजो महानगर क्षेत्रमा ५५ देखि ६४ वर्ष उमेरकाले ६ हजार ९ सय ३ र ६६ वर्ष माथिका ८ हजार ७ सय २३ ले खोप लगाएका छन् । तीमध्ये पुरुष ८ हजार ३ सय ९४ र महिला ८ हजार ६ सय ५७ गरि कुल १७ हजार ५१ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् ।हिजो यसअघि खोप लगाउन छुटेकाहरुमध्ये १ हजार ४ सय २५ जनाले पनि हिजो खोप लगाएको महानगरपालिकाले जनाएको छ । हिजो कोभिसिल्डको १ हजार ५ सय ४६ भायल प्रयोग गरिएकोमा १९ डोज खेर गएको थियो ।


प्रतिक्रिया दिनुहोस !