गरिबमारा सरकार मूर्दावाद भन्दै राष्ट्रिय युवा संघले आज बिरोध गर्ने

गरिबमारा सरकार मूर्दावाद भन्दै राष्ट्रिय युवा संघले आज बिरोध गर्ने

सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको भन्दै राष्ट्रिय युवा संघले बिरोध प्रदर्शन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवासंघले आयोग खारेजीको बिरोधमा आज काठमाडौंको नयाँ बसपार्क वरिपरि रहेको सुकुम्बासी बस्ती नजिकै प्रदर्शन गर्न लागेकोे हो ।

दिउँसो ३ बजे बालाजु माछापोखरी चोकमा संघले प्रदर्शन गर्ने जनाएको छ । यसअघि पनि बिरोधका कार्यक्रम गर्दै आएको संघले “देउवा सरकारको जनघाती निर्णयको विरुद्ध सशक्त दवाव सिर्जना गर्न” न्यायप्रेमी जनसमुदायलाई प्रदर्शनमा सहभागिताको लागि अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू