४६ करोड रुपैयाँ खोई : क्रान्तिकारी विद्यार्थी संघ

४६ करोड रुपैयाँ खोई : क्रान्तिकारी विद्यार्थी संघ

गत वर्ष र यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनको आधारमा माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघले बोर्डसँग ४६ करोड रुपैयाँ बराबरको परीक्षा शुल्कको हिसाब मागेको छ ।

संघले गत वर्ष र यो वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनको आधारमा प्रकाशित गरेकाले भौतिक उपस्थितिमा परीक्षा गर्नको लागि भनेर ९ लाख बढी विद्यार्थीबाट ५ सय रुपैयाँका दरले उठाएको परीक्षा शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको हो ।बोर्डले आन्तरिक मूल्याङ्कनबाट गरेको नतिजा प्रकाशन र साउन ३१ गतेबाट हुनुपर्ने कक्षा १२ को परीक्षा स्थगनको चर्को बिरोध गरेको छ । बोर्डले साउन ६ गते स्वास्थ्य मापदण्डको पालना गराई भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिने तालिका सार्वजनिक गरेको तर अहिले स्थगन गरिदिँदा विद्यार्थी र अभिभावकहरुमा अन्यौल भएको बताएको छ ।

संघले यस्तो प्रवृत्तिले देशको शैक्षिक अवस्था खस्किँदै गएको उल्लेख गर्दै भनेको छ, ‘विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप र निःशुल्क स्वास्थ्य बिमाको तथा स्वास्थ्य अनुशासन पालना गरेर परीक्षा सञ्चालन गर्नुपर्छ । सम्भव नदेखिए वैकल्पिक उपायसहित परीक्षा सञ्चालन गर्नुपर्छ ।’

टिप्पणीहरू