सुकुम्बासीका नाममा देशभर सरगर्मी

सुकुम्बासीका नाममा देशभर सरगर्मी

दाङस्थित नेपाल भूमिहिन सुकुम्वासी संघ संगठनहरुले भूमिहीन समस्या समाधान आयोग खारेजविरुध्द विभिन्न स्थानमा बिरोध प्रदर्शन गरेका छन् ।

वर्तमान सरकारले साउन २० गते गरेको भूमिहीन समस्या समाधान आयोग खारेजविरुद्ध प्रदेशसभा सदस्य रेवतीरमण शर्मा र मुक्त कम्लहरी दाङका अध्यक्ष हरिचन्द्र चौधरीको नेतृत्वमा हिजो सर्वोच्च अदालतले स्टे अर्डर दिनुअगावै विरोध प्रदर्शन गरिएको हो ।

मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको नेतृत्व र प्रदेशसभामा एमाले सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यमा लमही नगरपालिका वडा नं. १ २ र ३ को सँयुक्त कार्यक्रम सुन्डप्रीमा भएको थियो । जहाँ डेढ सय जनाको उपस्थिति थियो ।

त्यसैगरी मुक्त कम्लरी दाङका अध्यक्ष जकनारायण चौधरीको नेतृत्व र प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा सोही नगरपालिका वडा नं. ४, ५, र ६ को संयुक्त कार्यक्रम सनलाइट चोकमा गरिएको थियो । जहाँ ९० जनाको उपस्थिति रहेको बताइन्छ ।

वडा नं ७, ८ र ९ को कार्यक्रम भने नगरपालिका अध्यक्ष डण्डिराम चौधरीको नेतृत्वमा र लुम्बिनी प्रदेशसभा सदस्य हुकुम बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो । त्यहाँ डेढ सय जनाको उपस्थिति रहेको बताइन्छ ।

तीन वटै प्रदर्शनमा सुकुम्बासीलाई जग्गा दे,भारतीय कम्फरटेबल सरकार मूर्दावाद,एमसीसी चाहिँदैन देश बेच्न पाईंदैन, अव्यवस्थित वस्ती व्यवस्थित गर, सुकुम्वासीलाई लालपुर्जा दे लगायतका नारा लगाइएको थियो ।

टिप्पणीहरू