‘वामदेव सीसी बैठकमा जानु भएको होइन’

‘वामदेव सीसी बैठकमा जानु भएको होइन’

एमाले संस्थापन पक्षले आज बोलाएको स्थायी समिति बैठकमा गए पनि दिउँसो बोलाइएको केन्द्रीय समितिको बैठकमा भने उपाध्यक्ष वामदेव गौतम अनुपस्थित हुनुभएको छ ।

बिहान ११ बजेको स्थायी समिति बैठकमा गौतमले वर्तमान अवस्थालाई ध्यानमा राखेर विधानमा पार्टी अध्यक्षलाई अन्य पदाधिकारी तथा पार्टी नेताले सकेको गाली गर्न पाइने प्रावधान राख्न व्यङ्ग्य गर्नुभएको बताइन्छ ।

तर,दिउँसोको केन्द्रीय समिति बैठकमा उहाँ सर्लक्कसँग अनुपस्थित भएपछि च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा उपस्थित अरु नेता अचम्भित भएका हुन् ।

दिउँसो उपस्थित एकजना स्थायी समिति सदस्यले भन्नुभएको छ,‘बिहान अचमम्मसँग बाझाबाझ शैलीमा विवादास्पद माग गर्नुभयो । दिउँसो रहस्यमय ढंगले अनुपस्थित हुनुभयो । हिजो आजको वर्षा र वामदेव कमरेड उस्तै देखिनुभएको छ ।’

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकतालाई जोड दिँदै एकपक्षीय बैठक स्थगन गर्न माग गरे पनि विशेषतः अध्यक्ष केपी शर्मा ओली त्यसमा सकारात्मक नहुनुभएको बताइन्छ ।

आजको बैठकको निश्कर्ष सुनाउँदै उनै स्थायी समिति सदस्यले भन्नुभयो, ‘एक्लाएक्लै हिँडौं कोही भन्दैन,अर्को पक्षलाई निकाल्न पनि कसैले सक्दैन ।’

टिप्पणीहरू