खसी बजारमा सवारी दुर्घटना « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

खसी बजारमा सवारी दुर्घटना

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार १९:३७


कलंकीको खसीबजारमा सवारी दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । एकै दिशाबाट आउँदै गरेका भ्यान र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।

कलंकीबाट आउँदै गरेको बा २१ च ४०२२ नं को सेतो भ्यानलाई बा ०२/०१८ प ७८८२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली दुम्जाका अमरबहादुर गुर्जा घाइते भएका हुन् । सीतापाइला बस्ने ३८ वर्षीय घाइते गुर्जालाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने अवस्थामा रहेका गुर्जाको खुट्टा र टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार भ्यान चालक हेटौंडा सानोपोखरा घर भई हाल ढुङ्गेअड्डा बस्ने ४८ वर्षीय शंकर आचार्य भने सकुशल रहेका छन् । कालिमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले गाडीसहित आचार्यलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !