केही सचिवको सरुवा,केही उपसचिवको बढुवा

केही सचिवको सरुवा,केही उपसचिवको बढुवा

सरकारले केही सचिवको जिम्मेवारी हेरफेर गर्नुका साथै परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले जिम्मेवारी हेरफेर र बढुवाको निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

क्याबिनेटले ४ जना सचिवको जिम्मेवारी हेरफेर गर्नुका साथै दुई सचिवलाई पदस्थापन गरेको छ । त्यस्तै,उपसचिवहरु घनश्याम लम्साल,सूर्य भट्टराई र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्ने क्याबिनेटको निर्णय छ ।

सरकारले कर्मचारीको तलब बढाउने अघिल्लो केपी ओली सरकारको निर्णय पनि स्वीकृत गरेको छ । ओली सरकारले अध्यादेश ल्याएर कर्मचारीको तलब बढाउने निर्णय गरेकोमा आजको क्याबिनेटले त्यसलाई स्वीकृत गरेको हो ।

टिप्पणीहरू