धोका दिने को–को धुन्धुकारी ?

नेताको आश्वासन न हो ! आफूलाई अनुकूल पर्दा दुनियाँलाई वचन दिन्छन् । काम सकिएपछि फर्केर हेर्दैनन् । तर, यसपटकचाहिँ अचम्मै भएको छ । गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, खुमबहादुर खड्काको सानेपास्थित घरमै साँझ ६ बजे पुगे । बाटैबाट म आउँदै छु भनेर खबर गरे अनि एकैछिनमा टुप्लुक्क आँगनमा उत्रिए । आफू पार्टी सभापति हुनेक्रममा एकपटक पुगेका उनले लगभग एक वर्षसम्म त्यतापट्टि फर्किएर हेरेका थिएनन् । तर, एकाएक अहिले पुगेर गुनासो पोखे, ‘मलाई गाह्रो छ, तनाव भयो । विश्वास गरेकाले नै धोका दिए ।’

उनले फकाउने भाषामा कुरा गरे, ‘यही कारण मैले तिमीलाई उपसभापति बनाउन सकिन । अब म बाहिर (सम्भवतः सिंगापुर) जाँदै छु । फर्केर आएपछि कसैको कुरा सुन्दिनँ, तिमीलाई बनाउँछु । ढुक्क भए हुन्छ ।’ थप आश्वस्त पारे, ‘तिम्रा मान्छेलाई केन्द्रीय सदस्यसमेत बनाउँछु, महाधिवेशनपछि दोस्रो पटक उनी त्यसरी खुमबहादुरको सम्पर्कमा पुग्नुलाई भारतको उत्तर प्रदेशमा बिजेपी नेता आदित्यनाथ मुख्यमन्त्री बनेको घटनासँग जोडेर धेरैले बुझेका छन् । कांग्रेसका हिन्दुवादी नेता खुमबहादुर खड्काको आदित्यनाथसँग सुमधुर सम्बन्ध छ ।

आफू प्रधानमन्त्री बन्न दक्षिणको साथ चाहिने हुनाले त्यही बाटो सोझ्याउन देउवा यसरी सक्रिय बनेको हुनुपर्छ । तर, घरैमा आएका शेरबहादुरलाई खुमबहादुरले चाहिँ तिम्रो विश्वास छैन । पहिले वचन पूरा गरेर देखाऊ अनि पत्याउँला भनी पठाएको स्रोत बताउँछ । खुमबहादुरले आफूनिकट ९ जनालाई केन्द्रीय सदस्य बनाउनु भन्दै सूची पेश गरेको भए पनि अहिले ५ जनालाई मात्र बनाए पनि मान्ने अवस्थामा रहेको बताइन्छ । दुर्योधन चौधरी, चन्द्र केसीलगायत खुमबहादुरको लिस्टमा समावेश छन् । 

टिप्पणीहरू