सिटी सफारीमा गाँजासहित गुटुटु

सिटी सफारीमा गाँजासहित गुटुटु

मोरङ सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा शहिदभूमि गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् । आरोपित राइलाई आज दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।

प्रहरीले राईले को १ ह ७९८५ नम्बरको सिटी सफारी चलाएका थिए । सवारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेपश्चात राईको कोठा समेतमा खानतलासी गरिएको थियो ।

उनको कोठाबाट प्रहरीले गाँजा ७ केजी ९८४ ग्राम बरामद गरेको छ । सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

टिप्पणीहरू